कोरोना नियन्त्रणमा राज्यको असफल प्रयास

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ ३२, २०७७     ::: 307 पटक पढिएको   |  

निर्मल अधिकारी, दैलेख
नारायण नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको आन्दोलनलाई स्थानीय सरकारले थेग्न नसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी नै परिचालन गर्नुपर्ने स्थिती देखियो । तिनै क्वारेन्टाइनमा बसेका नागरिक हुन जस्लाई रातानाङ्गला चौकीमा झण्डै दुई दिन रोकिएको थियो । नेपालगञ्जदेखि दैलेख सदरमुकाम पुग्न उनीहरुलाई तीन दिन लाग्यो जुन ८ घण्टाको बाटो हो । चेकजाँच र सुरक्षाका नाममा उनीहरुलाई ठाउँ ठाउँमा रोक्दै दुःख दिनु पक्कै राम्रो होइन् । जसले ३ दिन देखि खाना र पानी पाएका थिएन्न र गुराँसेमा भन्दै थिए क्वारेन्टाइनमा बसौ त्यसपछि यीनको हिसाब हुन्छ ।
विदेशबाट फर्किएर आएकाहरुले खचाखच भरिएको गाउँमा व्यवस्थापन गर्न पक्कै सजिलो थिएन् । हरेक व्यक्ति घर फर्किन पाउनु उसको अधिकार हो । बन्दाबन्दीकै निहुँमा महिनौसम्म उनीहरु भारतको चौतारा र चोकमा दिन बिताए । राज्यले तेस्रो मुलुकमा अध्ययन गर्ने र हुनेखाने नागरिकको चिन्ता ग¥यो । तर, भारतका सडकमा नाली सफा गर्ने देखि दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्दै आएका नागरिकहरुको चिन्ता गरेन् ।
उनीहरुले त्यो कष्टपूर्ण जीवन सहन नसकेपछि घर फर्किएका हुन । पहिला भारतबाट आउनेलाई लाहुरे भनिन्थ्यो । लाहुरे गाउँमा आएपछि उसलाई भेटघाट गर्नेको घरमा हुल हुन्थ्यो । भारतबाट ल्याएको विडी गाउँमा खानेहरुको लागि नासो हो । तर अहिले त्यही लाहुरे देखेपछि सबैले छिँ छिँ र थुरथुर गर्न थाले । उसलाई अपमानजनक ढंगले हेर्न थालियो । रोग लागे वा नलागेको समयमा पहिचान गरिएन् । तिनै लाहुरेलाई क्वारेन्टाइनमा राख्ने निहुँमा कतै गोठ र कतै पालमुनी राखियो । कैयौ दिनका भोका र अव्यवस्थित क्वारेन्टाइनका कारण उनीहरुमा राज्यप्रति वितृष्णा जाग्दै गयो ।
दैलेखको भैरवी गाउँपालिकास्थित त्यही लाहुरेको जमात जो क्वारेन्टाइनमा बसेका थिए उनीहरुले पालिकाका निमित्त कार्यकारी प्रमुख हीरासिंह थापा माथी आक्रमण गरे ।

त्यसको केही दिन पछि दुल्लुको वडा नं ११ का वडा अध्यक्ष खगेन्द्र थापामाथी पनि आक्रमण भयो । महाबु गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुले पनि आफुले सेवा सुविधा नपाएको भन्दै आन्दोलन गरेपछि सुरक्षाकर्मी खटाउनु परेको थियो । नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइमा बसेकामाथी प्रहरीले लाठी चार्जनै गर्नुप¥यो । त्यसैगरी व्यवस्थापन राम्रो नभएको भनी डुङ्गेश्वर गाउँपालिकास्थित चुप्राको क्वारेन्टाइमा रहेकाहरुले पनि क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै आन्दोलन गरे उनीहरुलाई लामो यात्रा हिडेरै क्वारेन्टाइनमा पठाइएको थियो । यी केही यस्ता प्रतिनिधिमुलक घटनाहरु हुन जसले राज्यको व्यवस्थापकीय प्रणालीलाई छर्लङ्ग बनाएको छ । एउटा जनप्रतिनिधि र राष्ट्रसेवक माथी गरिएका यस्ता आक्रमण पक्कै राम्रा पक्ष होइनन् । यो केही व्यक्तिहरुमा भएको अराजक मानसिकताको उपज पनि हुन सक्छ । तर अधिकाँश स्थानमा भएका यस्ता घटनाले के पनि देखाउछ भने आफुले भोग्दै आएका पीडालाई राज्यका जिम्मेवार निकायसम्म पु¥याउने एउटा माध्यम पनि हो । यो एउटा व्यक्ति माथी गरिएको आक्रमण मात्र नभएर समग्र राज्यको अव्यवस्थित प्रणाली र राज्य संचालकहरुप्रतिको असन्तुष्टि हो ।
कहाँ चुक्यो सरकार
चिनको वुहानबाट सन २०१९ को अन्त्यतिर शुरु भएको कारोना भाइरस नेपालमा झण्डै ४ महिना पछि प्रवेश गरेको छ । भाइरसको आक्रमणबाट बच्न नेपालको लागि यो प्रयाप्त समय हो । तर सरकारले के ग¥यो त भन्दा जति खेर भाइरस छिमेकी मुलुक भारतमा समेत प्रवेश गरेको थिएन् त्यतिखेर सबै नाकाहरु बन्द गरेर प्रवेशमा निषेध लगायो । कैयौ नागरिक रातारात सिमानामा जंगलको बाटो हुँदै नेपाल प्रवेश गरे । कति नदीमा हाम फालेर जोखिममा ज्यान मोले । कति भारतकै भूभागमा अलपत्र परे । नेपालमा पनि भाइरस नियन्त्रणमा सफल भएको भनि प्रचार गरियो । जब भारतमा संक्रमितको संख्या चुलिदै थियो र नेपाली नागरिकपनि संक्रमित भइसकेका थिए अनि सिमा नाका खुला गरियो । नेपालले गरेको सबै भन्दा ठुलो असफल प्रयास यही हो जस्ले गर्दा अहिले गाउँहरु कोरनाले भरिएका छन् ।
सिमा नाका प्रवेश गरिसकेपछि सबै यात्रुको आरडीटी परिक्षण गरि सम्बन्धित गन्तव्यमा सहजै पुग्न दिनुपथ्र्याे । तर त्यसो गरिएन् । चेकजाँचका नाउमा उनीहरुलाई विभिन्न ठाउमा रोकियो । गाडीमा कोचाकोच गरि राखियो । घण्टौसम्म भोकभोकै बसालियो जसले गर्दा भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरिसकेको थियो । यो दोस्रो राज्यको असफल प्रयास हो ।
क्वारेन्टाइनमा राखिएका नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउन नसक्ने राज्यले क्वारेन्टाइनमा राख्नु भन्दा होम क्वारेन्टाइनमा बस्न दिएर निगरानी गर्नुपथ्र्याे । त्यसो पनि गरिएन् । के गरियो त भन्दा नयाँ थपिएका, समय पुगेर फर्किन लागेका हुन वा पिसिआर परिक्षणबाट पोजेटिभ देखिएका सबैजनालाई एउटै कोठामा राखियो । यसले गर्दा संक्रमण झन बढ्ने सम्भावना भयो । यो राज्यको तेस्रो असफल प्रयास हो ।
कोरोना पछिको चुनौती
विगत केही वर्ष देखि विकास निर्माणको नाममा सडक खनेर माटो फाल्ने बाहेक केही पनि भएको छैन् । चर्काे महंगी कालोबजारी र भ्रष्ट्रचारले देश थला परेको छ । विपन्न नागरिकको जिवनस्तर सुधारका लागि राज्यसँग कुनै योजना छैन । भएको बाँझो जमिन आधुनिक कृषि खेतीको अभाव र राज्यको उपेक्षाका कारण वर्षैभरी काम गरेपनि महिना दिन खान पुग्दैन । जनताले तिरेको करबाट जनताका प्रतिनिधि करोडौका गाडी खरिद गर्नुका साथै राज्यका श्रोत दोहन गर्नबाट टाढा हुन सकेका छैनन् । त्यो कुनै जनप्रतिनिधिबाट सम्भव छैन कि म काम नगरेको दिनको सेवा सुविधा अस्विकार गर्छु । यस्तो अवस्थामा अहिले हजारौ लाखौको संख्यामा घर फर्किएका छन् । विदेशमा केही महिना दुःख गरी कमाएको पैसाले जिवन चल्ने होइन् । यदी यस्ता समस्याको सम्बोधन राज्यले समयमै गर्न सकेन भने कोरोना पछि झन ठुलो चुनौतीको सामाना गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्छ ।





Leave a comment

Your email address will not be published.


*