सुतिरहेको बेला सर्पले डस्दा युवकको मृत्यु

          |   प्रकाशित मितिः बिहिबार, असार २५, २०७७     ::: 86 पटक पढिएको   |  

दैलेख असार २५ गते । सुतिरहेका बेला सर्पले डसेर दैलेखमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–२ कुसाडाका २० बर्षीय ललित नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बुधवार राती २ बजे सुतिरहेको समयमा उनलाई सर्पले डसेको थियो । प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार ललितकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको छ । उनको दैलेख अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक साउदले बताए ।





Leave a comment

Your email address will not be published.


*