कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

          |   प्रकाशित मितिः बुधबार, साउन १४, २०७७     ::: 53 पटक पढिएको   |  

काठमाडौं साउन १४ गते । बुधबार थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

कोरोनका सक्रिय बिरामीको संख्या ५ हजार २०३ पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १४ हजार २१ पुगेको छ । ।क्वारेन्टाइनमा रहनेको संख्या १४ हजर ४७१ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।





Leave a comment

Your email address will not be published.


*