कोरोना उपचार : निजी अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो शुल्क

          |   प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     ::: 64 पटक पढिएको   |  

काठमाडौँ साउन १५ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ । मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षण अनुसार तोकिएको हो ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भएका हुन् । यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

त्यसैगरी कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएका प्रयोगशालाहरुलाई स्वीकृत निर्देशिकाबमोजिम स:शुल्क कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएको छ ।





Leave a comment

Your email address will not be published.


*