अदालतको काममा कोरोनाले प्रभाव पा¥यो : न्यायाधीश लामिछाने

          |   प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     ::: 47 पटक पढिएको   |  

दैलेख साउन १६ गते ।
दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावले अदालतको लक्षित काम प्रगति हुन नसकेको बताउनुभएको छ । अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा गर्न पत्रकारहरुसंग भएको छलफलमा न्यायाधीश लामिछानेले यस्तो बताउनुभएको हो । जिल्ला न्यायाधीश लामिछानेले अदालतका कामलाई छिटो छरितो, न्यायको सन्तुलन र विपन्न पहुँच अभिवृद्धि गर्न आरोपितहरु समेतले सुविधा लिन पाउने गरी वैतनिक कानून व्यवसायी र बाल न्याय प्रणाली लागू भएको जानकारी गराउनभयो ।
सोहि अबसरमा जिल्ला अदालतका श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्कीले अघिल्लो आर्थिक वर्षमा कुल ३ सय ३६ वटा मुद्दा परेकामा २ सय ८ वटा फैसला भएका र १ सय २८ मुद्दा बाँकी रहेका जानकारी दिनुभयो । पत्रकारसंग भएको छलफल कार्यक्रममा श्रेस्तेदार अधिकृत कार्कीले अदालतबाट भएको फैसलाबाट विभिन्न मुद्दामा ४ सय ८६ वर्ष १० महिना २५ दिन कैद असुल गर्न बाँकी रहेको र फैसलाले अंकित ७४ करोड ६८ हजार ५२ रुपैंयाँ जरिवाना असुल्न बाँकी रहेको बताउनुभयो ।





Leave a comment

Your email address will not be published.


*