राष्ट्रिय परिचयपत्र दर्ता शुभारम्भ

          |   प्रकाशित मितिः सोमवार, साउन २६, २०७७     ::: 334 पटक पढिएको   |  

दैलेख साउन २६ गते । गृह मन्त्रालयको परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम अनुसार दैलेखमा पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सोमवार देखि सुरु भएको छ । नारायण नगरपालिका–१ दैलेखबजारकी ७६ वर्षीया इन्द्रा थापाको व्यक्ति विवरण भरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सुरु गरिएको हो । हरेक नेपाली नागरिकहरुको १० वटै औंलाको छाप, आँखाको रेटिना जस्ता जैविक विवरण समेटिएको कारण व्यक्ति पहिचानमा सजिलोको लागि सरकारले ठूलो कामको सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।
व्यक्ति आफै उपस्थित भएर गुणस्तरीय फोटो खिचाउनेदेखि नागरिकता, लाइसेन्स, राहदानी, बैंकका खाता नम्वर, शैक्षिक योग्यता विवरण समेत लिने व्यवस्था मिलाइएको दर्ता अधिकारी सगुन कार्कीले जानकारी दिइन् । राष्ट्रिय परिचयपत्र विवरण दर्ता जिल्ला प्रशासन कार्यालयभित्रै कार्यालय समयमा हुने तर त्यसको लागि व्यक्तिले आफ्नो सक्कल नागरिकता ल्याएर आउनुपर्ने दर्ता अधिकारी कार्कीले बताइन् ।
अहिले जिल्ला प्रशासन कार्यालयमै काम सुरु गरिएको र कोरोना संक्रमण जोखिम हटेपछि गाउँगाउँमा मतदाता नामावली संकलन जस्तै अभियान सञ्चालन गरी विवरण संकलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । निश्चित अवधिसम्म अभियानका रुपमा विवरण संकलन गरिसकेपछि मेसिन रिडएवल चिप्स रहेको कार्ड छापेर व्यक्तिलाई उपलब्ध गराइने परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम छ ।





1 Comment on राष्ट्रिय परिचयपत्र दर्ता शुभारम्भ

  1. Arjun kumar shahi // August 10, 2020 at 11:24 pm // Reply

    Good job

Leave a comment

Your email address will not be published.


*