बागलुङमा बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)

          |   प्रकाशित मितिः बिहिबार, भदौ १८, २०७७     ::: 47 पटक पढिएको   |  

बागलुङ भदाै १८ गते । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगेपछि तेब्बर बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ ।  ढोरपाटन नगरपालिका  ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । 

शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु बगाएको छ । 

बेपत्ताको नामावलीः

१) ढोरपाटन नगरपालिका ९  द्वाल बस्ने वर्ष २०।२२ को जीवन बिक ।
२) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक ।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया बिक ।
४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका ।
५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा बिक ।
६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक ।
७) निजको छोरा वर्ष ९।१० को रोशन बिक ।
८) निजको छोरा वर्ष ४।५ को रवि बिक ।
९) नाम नखुलेको १५ दिनको बच्चा १ । 
१०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी बि.क. ।
११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन ।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी बिक ।
१४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक ।
१५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम बिक ।
१६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
१७)  ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती ।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा ।
१९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन ।
२१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन ।
२२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन ।
२३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक ।
२४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली बिक ।
२५) ऐ.ऐ. बस्ने छोरा  वर्ष ८।९ को दलु बिक ।
२६) ऐ.ऐ. बस्ने  निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको  ।
२७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक ।
२८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९) ऐ.ऐ.  दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन ।
३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन ।
३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया बिक ।
३३) निजको छोरा वर्ष २।३ को नाम नखूलेको बालक  ।
३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार । 
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी ।
३६)  जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना ।





Leave a comment

Your email address will not be published.


*