साहित्यिक व्यक्तित्वका रुपमा बिपीलाई सम्झिँदा

          |   प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     ::: 41 पटक पढिएको   |  

–चन्द्र रावत
पिता कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखबाट बि सं १९७१ भदौ २४ गत्ते भारतको बनारसमा शल्यक्रियाबाट जन्म भई वि.सं २०३६ साउन ६ मा दिबंगत हुनुभएका विश्वेश्वर प्रसाद कोइरालाको न्वारनको नाम चुँडामणी हो । तर उनको ठूलाबाबाले उनलाई विश्वनाथका प्रसादका रुपमा मानेर विश्वेश्वरप्रसाद नामाकरण गरेको र पछि गएर यही नाम संसारभर चिनाउने नाम भएको छ । विश्वेश्वर प्रसाद कोइरालालाई राजनितिमा सान्दाजु र साह्त्यिमा बिपीका नामले चिनिन्छ । बिपी कोइरालालाई हेर्ने हो भने उहाँको राजनितिक योगदान मात्र हेरेर पुग्दैन । उहाँको साहित्यिक योगदानलाई पनि त्यतिकै सम्मान गर्नुपर्ने हन्छ । १४–१५ बर्षको उमेरमा कथा कविता लेख्न थालनी गर्नुभएका कोइरालाले नेपाली साहित्यलाई साहित्यका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउनमा ठूलो योगदान रहेको छ ।
कृष्णप्रसाद कोइरालाको पारिवारिक अवस्था मध्यम वर्गिय भएता पनि पछिल्लो समय निकै कष्टकर देखिन्छ । कृष्णप्रसाद कोईरालाले देशको दयनीय अवस्थाको बारेमा बुझाउन तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरलाई भरियाका पुराना जुम्रा परेका कपडा कुटुरो बनाइ पठाउँदा कोइराला परिवार सर्बहारा हुनुपर्यो । कोईराला परिवार देश निकाला हुँदा ११ बर्षको उमेरमा बिपीले पनि परिवारको साथमा लागेर भारतको बनारसतिर जानु पर्यो ।
बालक कालमा विश्वेश्वरको बसाई स्थिर रहन पाएन । कहिले वनारस, कहिले कलकत्ता, कहिले बेतिया जस्ता ठाउँमा बसाँइ सर्दै जीवन गुजारा गर्दै दिन ब्यतित भयो । त्यो परिवारले चना, चिउरा र खोले खाएर दिन रात ब्यतित गर्नुपथ्र्यो । यति हुँदाहुँदै पनि बिपीको साहित्य र शिक्षा आर्जनमा कमि भएन ।
एउटा कष्टमय जीवनको यात्रामा बिपीको शिक्षा आर्जन पनि कष्टकर पात्रकै रुपमा रहयो । उनको अध्ययनको थालनी बनारस बाटै भएको हो । सानीआमा र बहिनीको कानमा लगाएको मुन्द्रि बेचेर बिपीले वनारसमा पढ्नुभयो । दोस्रो श्रेणीमा मेट्रिक पास गरीसकेपछी बुबा कृष्णप्रसादले आर्थिक अभाबका कारण कलकत्तामा पढ्न सल्लाह दिए पनि बिपीले वनारसमा नै पढ्ने ठूलो इच्छा गर्नुभयो । बनारसबाटै १२ पास गरे पछि बिपीले बि.सं १९९४ मा राजनितिक शाश्त्रमा स्नातक र कानुनमा स्नातको उपाधि पनि प्राप्त गर्नुभयो ।
बिपी कोइराला राजनिति र साहित्य क्षेत्रमा ख्याती कमाएका ब्यक्तित्व भएकै कारण उहाँलाई यि दुबै क्षेत्रबाट अध्यन गर्न सकिन्छ । बिपीको राजनितिक जीवन केवल ब्यक्तिगत स्वार्थ र सफलता प्राप्त गर्ने सिँढी बनेन । प्रजातान्त्रिक समाजबादको माध्यमबाट नेपाल जस्तो गरीब देशलाई समृद्ध बनाउँने बिपीको लक्ष्य थियो । तसर्थ कोइरालालाई जीवन अवधिमा भन्दा पनि अवशान पछिको समयमा उहाँको आदर्श, मुल्य, मान्यता राजनिति र साहित्यलाई धेरै बुझ्ने र अध्यन गर्ने गरिएको छ ।
राजनितिमा जुनप्रकारको निष्ठा र आदर्श थियो त्यसको आज पनि उच्च मूल्याकन भैरहेको छ । ‘म राजनितिमा एउटा ब्यक्ति र साहित्यमा अर्कै ब्यक्ति हुँ यि दुईको भेट कहिल्यै भएको छैन,’ बिपीले एक अन्तवार्तामा बताउनुभएको छ । बिपीको पहिलो साहित्यिक रचना ‘वहा’ नामको लघु कथा हो । जुन कक्षा ९–१०मा पढ्दै गर्दा हिन्दि भाषामा प्रकाशन भएको थियो । त्यही समयमा लेखिएका कथा पथिक, अपनि हो तरह, भैयादाई, र होड हुन् । भने कविता तर्फ ‘बम्बइ के प्रति’ प्रकाशित भैसकेको थियो ।
नेपाली आख्यान विधाका शिखर ब्यक्तित्व नेपाली साहित्यमा यौन विज्ञान भित्र्याउने प्रमुख ब्यक्ति कोइराला राजनितिक रुपमा विशिष्ट छवि बनाउन सफल ब्यक्ति हुनुहुन्छ तापनि उहाँको साहित्यमा त्यो राजनितिक गन्ध कतै पनि देखिदैन । यो नै कोइरालाको विशिष्टकृत साहित्यिक चिनारी हो । बिपी साहित्यका अध्येताहरु वि.पीलाई अझ धेरै मन पराउनुमा उहाँको स्वच्छन्दताबादी लेखाई, भषा सैलीको सचेतता, पात्रहरुको उचित ब्यबस्थापन जस्ता पक्षहरु रहेका छन् । कोइरालालाई नेपाली साहित्य भन्दा पहले हिन्दि र अंग्रेजी साहित्य अध्यनमा बढी रुची थियो । तत्कालिन् हिन्दि साहित्यका साहित्यकारहरु संगकोसम्बन्धले लेखन र अध्यनलाई ब्यबहारमा उतार्ने अवसर मिलेको थियो । कोइरालालाई ब्यबहारबादी, फ्राएडबादी, मनोविज्ञानबादी, आदर्शबादी, यौनबादी, छायाँबादी, अध्यात्मबादी साहित्यकारको रुपमा चिन्ने गरिन्छ ।
वि.सं १९९२ पौषमा शारदा पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ शिर्षकको कथाबाट नै कोइरालाले नेपाली साहित्यमा प्रबेस गरेको देखिन्छ । वि.पीको दार्जिलिङ बसाइमा सूर्य विक्रम ज्ञावली संग भेट भई उनकै प्ररणाले नेपाली साहित्यमा बिपीको अनुराग बढेको पाइन्छ । यसभन्दा अघि हिन्दि भाषामा लेख रचना प्रकाशन गरिरहेका वि.पीलाई सूर्य बिक्रम ज्ञावलीले नै पत्र लेखि नेपालीमै लेख रचना लेख्न अनुरोध गरेका थिए । बि.सं १९९५ मा सूर्य बिक्रम ज्ञावलीले सम्पादन गरेको नेपालको पहिलो कथा संग्रह ‘कुशुम’मा वि.पी कोइरालाका ३ वटा कथा विहा, शत्रु र सिपाइ प्रकाशित भैसकेपछि नेपाली कथा क्षेत्रले अर्कै मोड लियो ।
त्यसकारण बिपीलाई आधुनिक नेपाली साहित्यविधाको कथा विधाका संस्थापक र मनोबैज्ञानिक कथा धारका प्रबतक मानिन्छ । वि.सं १९९२ देखि वि.सं २००६ सम्म लेखिएका कथाहरुलाई संकलन गरी वि.सं २००६ मा दार्जिलङबाट वि.पीको पहिलो कथा संग्रह दोषी चस्मा प्रकाशन भयो ।
उक्त कथा संग्रहमा समाबेश सबै कथाहरुमा नेपालको सामाजिक मनोबैज्ञानिक,राजनैतिक चेतनालाई उठाउने प्रयास गरिएको छ । वि.सं २००६ भन्दा पछि बिपीको साहित्यिक यात्रा ठप्प रोकिएको पाईन्छ । साहेत त्यस पछिको समयमा देशको राजनैतिक अवस्थाले जटिल मोड लिएका कारण बिपीले साहित्य भन्दा राजनितिलाई समय दिएको हुनुपर्छ । वि.सं २०१७ सालमा राजा महेन्द्रले वि.पी लगाएत देशका शिर्ष नेताहरुलाई कु.गरी जेल हालेपछी काराबास जीवनमा पुनः बिपीको साहित्य प्रारम्भ भयो । यही अवधीमा वि.पीले ६ वटा उपन्यास र एउटा कथा संग्रह,जेल जर्नल,आत्म बृतान्त लेख्नुभयो ।
‘तीन घुम्ती’ प्रथम प्रकाशित उपन्यास हो । जुन काठमाण्डौको परिवेषमा रचना गरी वि.सं २०२५ मा प्रकाशन गरिएको हो । जसमा यौन र पे्रमको विषय बस्तु समेटेर एउटा सशक्त महिला पात्रको शाहस,अनुकरणीय कार्य प्रस्तुत गरिएको छ । वि.सं २०२७ मा प्रकाशन भएको अर्को उपन्यास हो ‘नरेन्द्र दाइ । उपन्यासको मुख्य पात्र नरेन्द्रदाई, उसकी श्रीमती गोरी र उसले प्रेम गरेकी यूवती मुनरियाको मनोसामाजिक अवस्था चित्रण गरिएको छ ।
‘सुम्निमा’ वि.सं २०२७ मा प्रकाशित अर्को सामाजिक उपन्यास हो । यो उपन्यासमा नारी पात्र प्रथम रहेको छ । मोदिआइन (२०३६) कौरव र पाण्डवहरुको कुरुक्षेत्रको मुख्य विषय बनाई लेखिएकको उपन्यास हो । मानवताको पक्षमा लेखिएको परम्परागत सोचाइ भन्दा अलग विषयबसतु समावेस गरीएको उपन्यास हो । बिपीका अन्य कृति मध्ये मोदिआइन बहुसंख्यक पाठकहरुले रुचाएको कृती हो । त्यस्तै गरी ‘हिटलर र यहुदी (२०४०) वि.पी कोइराला क्यान्सरको उपचारका लागि यूरोप पुग्दा यूरोप यात्रामा आधारित उपन्यास हो ।
दोस्रो विश्वयूद्धको दुस्प्रभावले यहुदी लगाउतका संसारभरका मानिसहरुले भोगेका यूद्धकोपिँडालाई प्रमुख विषय वस्तु बनाइएको छ । बिपीको अन्तिम उपन्यास ‘बावु आमा र छोरा वि.सं २०४५ मा प्रकाशित उपन्यास हो । एकदमै सामाजिक परिवेषमा लेखिएको यो उपन्यासमा एउटी उमा नामकी केटीले आफ्नै उमेर मिल्ने केटासंग प्रेम गरी छोरा पाए पनि उसका बाबुआमाले ऊ भन्दा दोब्बर उमेरका केटासंग जबरजस्ती विवाह गरिदिए । विवाहपछि थाहा भयो कि ऊ आफ्नै प्रेमिकाको बिदूर बाबु रहेछ । । शसुरा भन्नु पर्नेलाई श्रीमान् र श्रीमान् भन्नु पर्नेलाई छोरा भन्नु पर्ने अवस्था आयो ।
नेपाली समाजमा आज जस्तै हिजो पनि अविवाहित यूवतीले कसैको गर्भ बोकेमा जबरजस्ती उसलाई कसैको टाँस लगाउने प्रबृती रहेछ भन्ने कुरा प्रमाणित हुन्छ । वि.पी कोइरालाको अर्को कृती स्वेत भैरवि २०३९मा प्रकाशित भएको हो । बिपीको आत्म कथा,आत्म वृतान्त,जेल जर्नल,फेरी सुन्दरी जल जस्ता आत्म विवरणहरु पनि प्रकाशन भएका छन् ।कोइरालाका केही कविताहरु र छरिएका सामाग्रिहरु जीवनचन्द्र कोइरालाले सम्पादन गरेका छन् । सृजनात्मक क्षेत्रका शसक्त हस्ताक्षर महामानव बिपी कोइरालाले नेपाली साहित्यमा गरेको विशिष्ट योगदानले उहाँ नेपाली साहित्यका चम्किला तारा हुनुभएको छ । एउटा जननेता कुसल शब्द शिल्पि हुन त्यती सजिलो कुरा होइन । कोइरालाको साहित्यमा पाठकहरुले घोत्लिएर खोजे पनि नभेटाउने कुरा, राजनैतिक बिषय हो । बिपी कोइरालाका कुनै पनि रचनाहरुमा राजनैतिक भेद देखिदैन । अन्तमा, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल नेपाली साहित्यका चम्किला तारा वि.पी कोइरालाका कृती र उहाँको साहित्यक व्यक्तित्वलाई चीर काल सम्म सम्मान गर्दै । हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।





Leave a comment

Your email address will not be published.


*