शान्ति सुरक्षा अमनचयन कायम प्रतिबद्ध छु : डिएसपी श्रेष्ठ

          |   प्रकाशित मितिः मङ्लबार, भदौ ३०, २०७७     ::: 63 पटक पढिएको   |  

दैलेख भदौ ३० गते ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न प्रतिबद्ध रहेको बताएका छन् । केहिदिन अघि मात्रै दैलेख प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी श्रेष्ठले शान्ति सुरक्षाको अवस्था दुरुस्त राखी जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका हुन् ।
मंगलवार जिल्लास्थित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी श्रेष्ठले भने ‘शान्ति सुरक्षा अमनचयन कायम गर्ने कामका कुनै पनि सम्झौता हुँदैन् ।’ अपराध नियन्त्रणमा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहयोग महत्वपूर्ण हुने बताउँदै डिएसपी श्रेष्ठले कडाईका साथ कानुन कार्यान्वयन गर्ने बताए ।
विचौलियाको प्रभावमा पीडितले न्याय नपाएको भन्ने पत्रकारहरुको गुनासोमा डिएसपी श्रेष्ठले अपराध अनुसन्धान र पीडितलाई न्यान दिलाउन विचौलियाको प्रभाव पर्न नदिने प्रतिबद्धता जनाए । उनले जिल्लामा बढ्दो लागु औषध दुव्र्यसनि र ओसार पसारलाई रोकथाम र नियन्त्रण गर्न विशेष अभियान चलाउने उल्लेख गरे ।
जिल्लाको विभिन्न क्षेत्रभित्र हुने गरेको अवैध रुपमा मदिरा उत्पादन, विक्री वितरणमा रोक लगाइने डिएसपी श्रेष्ठको भनाई छ । जिल्लामा बढ्दो बाल विवाह न्यूनिकरणमा आफु कटिबद्ध रहेको उनको भनाई छ । परिचयात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक नैनबहादुर साँवद, प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्य लगाएत जिल्ला स्थित पत्रकारहरुको उपस्थिती रहेको थियो ।





Leave a comment

Your email address will not be published.


*