अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

          |   प्रकाशित मितिः शुक्रबार, अशोज १६, २०७७     ::: 16 पटक पढिएको   |  
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प फाइल तस्बिर : रोयटर्स

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् ।कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।

बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए । ह्वाइट हाउसमा रहेको चिकित्सकको विशेष टोलीको प्रत्यक्ष निगरानीमा राष्ट्रपति र प्रथम महिला रहने पनि उनले बताए ।





Leave a comment

Your email address will not be published.


*