सिमान्तकृत र विपन्न समुदायका समस्या पहिचान

          |   प्रकाशित मितिः मङ्लबार, अशोज २०, २०७७     ::: 22 पटक पढिएको   |  

दैलेख असोज २० गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सञ्चालित समुदायलाई सचेत पार्दै स्थानीय तहलाई जवाफदेही बनाउने इएलपी परियोजनाले नारायण नगरपालिकाका सिमान्तकृत र विपन्न समुदायका समस्या पहिचान गरेको छ । नारायण नगरपालिका–१ को नमूनाबस्ती, रातामाटे र वडा नं. ७ को ढकाने तथा सल्लेरी टोलमा खानेपानी सुविधा, त्यहाँको शैक्षिक व्यवस्थापन सहयोग र कोरोना रोकथाम सचेतना कार्यक्रमको निम्ति नारायण नगरपालिकासंग माग गर्ने निर्णय गरिएको मानव अधिकार समूहका अध्यक्ष रेखा थापाले जानकारी दिइन् ।
कार्यक्रममा नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ र वडा नंं. ७ का वडा सदस्य केयमलाल खरेलले पहिचान भएका समस्या समाधान गर्न वडा तहबाट प्रयास गर्ने र वडाबाट असम्भव हुने काम नगरपालिका र अरु निकायमा पनि पहल गर्ने बचन दिए ।
यसैगरी नारायण नगरपालिका–७ किमुगाउँमा शिक्षा अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कोरोना संक्रमण रोकथाम, घरमै बालबालिकाको रेखदेख, बैकल्पिक शिक्षाको उपयोग विधि लगायतका विषयमा सरोकारवालावीच छलफल भएको इएलपी कार्यक्रमका सहजकर्ता सीता बुढाले बताइन् ।





Leave a comment

Your email address will not be published.


*