जाजरकोटमा जिप दुर्घटना : वडाध्यक्षसहित ५ जनाको मृत्यु, २ बेपत्ता

          |   प्रकाशित मितिः बुधबार, अशोज २१, २०७७     ::: 85 पटक पढिएको   |  

जाजरकोट असाेज २१ गते । जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं.को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए ।दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन ।

जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।





Leave a comment

Your email address will not be published.


*