छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु, १५ घाइते

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक ४, २०७७     ::: 111 पटक पढिएको   |  

हिक्मतबहादुर नेपाली
दैलेख कात्तिक ४ गते ।

जिल्लामा मंगलवार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । छुट्टाछुट्टै स्थानमा भएको बस र टिपर दुर्घटनामा परी ३ जनाको ज्यान गएको हो भने १५ जना घाइते भएका हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको जुम्बुकाँध तर्फ जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कर्णाली राजमार्ग अन्तरगर्त तल्लो डुङ्गेश्वर बजार नजिकै भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका बस चालक ललित नेपालीको घटनास्थलमै मृत्यु भएको हो । बस दुर्घटनामा अन्य १४ जना घाइते भएको डिएसपी श्रेष्ठले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ब्रेक फेल हुँदा दुर्घटना हुन पुगेको डिएसपी श्रेष्ठले बताए ।
यस्तै दैलेख सुर्खेत सडक खण्डको जीरो पोेइन्ट हुँदै कर्णाली राजमार्ग जोडिने सडकखण्ड अन्तरगर्त गुराँस गाउँपालिका–२ बान्द्रेमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । तेलको ड्रम बाकेको बा ४ ख ६७४१ नम्बरको टिपर सडक देखि ८ सय मिटर तल खोलामा खसेको डिएसपी श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेहरुको परिचय खुलिसकेको छैन् । दुर्घटनामा परी घाइते भएका एक जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । जिल्लामा एकै दिन भएका दुवै दुर्घटनाको थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।





Leave a comment

Your email address will not be published.


*