अपाङ्गता भएका दाजुभाई ‘जसले कहिल्यै छोप्दैनन् लाज’

          |   प्रकाशित मितिः सोमवार, कार्तिक २४, २०७७     ::: 129 पटक पढिएको   |  

निर्मल अधिकारी
दैलेख कात्तिक २४ गते ।

समुदायमा सञ्चालित कक्षाका सहभागीहरुलाई महिनावारी भएको बेला पनि छोरीलाई विभेद गर्दैनौ भन्ने भिडियो देखाउन गत बुधवार म, साथी हर्क र प्रेम गोगनपानीको भैरी गएका थियौ । बिहान जाडो भएकाले बाक्लो कपडा लगाएको हुदाँ उकालोमा गर्मि भयो । एक छिन बसेर पानी खायौ अनि गफ गर्दै बाटो काटेको पत्तो भएन् ।
जोडोमा पनि बाक्लो कपडा र हिडाईले पसिनाले निथ्रुक्क भिजेका हामी एक छिन आराम ग¥यौं । हामी कक्षा सञ्चालन गर्ने स्थान नजिक पुग्दै थियौ । म अगाडी भएकाले मेरो नजर त्यस्तो ठाउँमा गएर रोकियो कि जुन दृष्य मेरो आखाँले कहिल्यै देखेको पनि थिएन् ।
कालो घुमाउरो कपाल बालबालिकाको उमेर भन्दा अलिकति छिप्पिएको देखिने एक युवक घरको अगाडी भुईमा बसिरहेका थिए । टलक्क घाम टल्किरहेका थिए । हेर्दा देखिन्थ्यो केही बस्तु चलाईरहेका छन् । केही अपत्यारीलो नयाँ दृष्य देख्दा सबैको नजर नचाहेर पनि ठोक्किदो रहेछ । मैले मेरो नजर मोड्ने धेरै प्रयास गरे तर मोड्न सकिन् । मलाई झन कौतुहलता जाग्दै गयो र हेर्दै गए । मलाई लाग्यो उनी आफ्नै लिङ्ग चलाईरहेका छन् ।
उनलाई सिधा हेर्न नसकेपछि आफ्ना नजरलाई लगाम लगाउदै बाटो मोडे । केही समय पछि एक जना अधबैसे महिलाले कपडा लगाउदै थिईन् । उनको वास्तविकता बुझ्न नजिक जादाँ पुन ः उनको कम्मर भन्दा तलको शरीरमा कपडा थिएन् । म फेरी फर्किए । उनको त्यो दृष्य घरपरिवारका लागि त सामान्य रहेछ । बाटो नजिकको घर धेरै मान्छे आवतजावत गर्ने भएको हुदाँ उनको त्यो दृष्य नदेख्ने प्राय ः कम नै हुदाँ रहेछन् । सहभागी आईसकेकाले धेरै समय अवेर नगरी म कार्यक्रम तिर लागे ।
कार्यक्रम सकिसकेपछि त्यही घर भएर हामी फर्कियौ । जुन दृष्य मैले पहिला देखेको थिए उनी वर्ष २२ का केशव गिरी अपांगता भएका व्यक्ति रहेछन् । उनी मात्रै नभएर उनका दाई वर्ष २७ का देवराज गिरीको अवस्था पनि त्यस्तै थियो । केशवले कम्मर माथी कपडा लगाएर घोप्टो सुतिरहेका थिए भने देवराज ट्राउजर मात्रै लगाएर बसेका थिए ।
दुवै छोरा अपांगता भएपछि लक्ष्मण गिरीले दोस्रो विहे गरे । दोस्रो श्रीमतिबाट जन्म भएका १ छोरा र १ छोरीलाई हुर्काउन नपाउदै तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीले उनको हत्या ग¥यो । त्यसपछिको जीवन लक्षमणकी श्रीमती धमला गिरीले सकसपूर्ण रुपमा बिताउन बाध्य भईन् । एकातिर श्रीमानको हत्या अर्काेतिर दुवै अपाँगता भएका छोराहरु । उनीहरुको सरसफाई र खाना खुवाउनमै उनको दिन चर्या बित्ने ग¥यो ।
५२ बर्षिया धमलाले लामो स्वास तान्दै भनिन् ‘मेरो लागि त भगवान पनि रहेनछन्, कुनै अपराधिलाई नदिने सजाय भगवानले मलाई दिए, उमेरले पाका छोराहरु छन्, तर भएर पनि के गर्नु ?’ बाटो नजिकैको घर आउने जाने बाटोमा खाली हँुदैन्न । ‘छोराहरुले कपडा लगाउदैनन्, एकान्तमा राख्ने घर छैन्,’ उनले भनिन ‘सरकारले ४ महिनामा एक पटक १२ हजार दिन्छ, यो पैसाले महिनाभरी खाना पनि पुग्दैन्, काम गर्न जाउ भने छोराहरुको हेरचाहा गरिदिने कोही छैन् ।’





Leave a comment

Your email address will not be published.


*