आज शौचालय दिवस : खुला दिसामुक्त घोषणा भए पनि कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन

          |   प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७     ::: 79 पटक पढिएको   |  

दैलेख : २०७६ असोज १३ गते नेपाल खुला दिसामुक्त देश घोषणा भयो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पु¥याउने मानक पूरा गरेपछि नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालले पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा गरेको थियो ।
विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसा पिसाब गर्ने गरेका छन् ।
सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रीत गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।
नेपाल खुला दिसामुक्त घोषणा भइसकेपनि शौचालयको प्रभावकारी प्रयोग भने हुन सकेको छैन । बनाइएका कतिपय शौचालय पनि अव्यवस्थित र प्रयोगविहिन छन् । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदैछ । दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।





Leave a comment

Your email address will not be published.


*