चोरी गरेर फरार रहेका अभियुक्त पक्राउ

          |   प्रकाशित मितिः बुधबार, पुस १, २०७७     ::: 125 पटक पढिएको   |  

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले चोरी गरेर फरार रहेको अभियुक्तलाई पक्राउ गरेको छ । गत मंसिर २९ गते जिल्लाको नारायण नगरपालिका– ५ सोत विनी टोल बस्ने टिका सिंहको घरमा कोही नभएको मौका पारेर चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन् । दैलेखको नौमुले गाउँपालिका-१ राइली बस्ने ३५ बर्षिया नरेन्द्र बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद रु २५ हजार र सुनका गरगहना समेत गरी ५२ हजार ४ सय बराबरको धनमाल चोरी गरेको भन्ने सुचनाको आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो । अस्थाई प्रहरी पोष्ट भैसिखोरबाट खटि गएको प्रहरी टोलीले बस्नेतलाई नारायण नगरपालिका-५ बोझाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतलाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*