दुई सय ७२ जना बालबालिकालाई न्यानो कपडा

        ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः बुधबार, पुस २२, २०७७     ::: 122 पटक पढिएको   |  

सुर्खेत : सुर्खेतका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका दुई सय ७२ जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरिएको हो । वीरेन्द्रनगर नगरपालिका–१ स्थित सरस्वती आधारभुत विद्यालय बांगेसिमलका एक सय ३० जना र नेपाल राष्ट्रिय आधारभुत विद्यालय धारापानीमा अध्ययनरत एक सय ४२ जना बालबालिकाहरुलाई सुइटर प्रदान गरिएको हो । अभियान्ता रचना सुनारको अग्रसरतामा बालबालिकाहरुलाई सुइटर वितरण गरिएको हो । अभियान्ता सुनारले आफ्नो जन्मदिनको अबसर पारेर बालबालिकाहरुलाई सहयोग गरेकी हुन् ।
दुई साता अघि मात्रै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित भएकी अभियान्ता सुनारले ‘गो फन्ड मी’ मार्फत जुटेको आर्थिक सहयोग र राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट प्राप्त रकमबाट बालबालिकालाई सहयोग गरेकी हुन् । चिसो बढ्दै गएको र कतिपय बालबालिका विद्यालय पोषाक समेत किन्न नसक्ने अवस्थालाई मध्यजनर गर्दै सुईटर वितरण गरेको अभियान्ता सुनारले बताइन् । सरस्वती आधारभुत विद्यालयबाट आधारभुत तहको शिक्षा लिएकी अभियान्ता सुनारले भनिन ‘मैले आधारभुत शिक्षा लिएको विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई सानो भएपनि सहयोग गरेको हुँ ।’ रचना विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपालको अध्यक्ष हुन् ।
बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरको आयोजनामा दुई वटै विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सुइटर वितरण गरिएको हो । बालबालिकालाई सुइटर वितरणपछि नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढुंगानाले चिसोको समयमा बालबालिकालाई सुईटर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । विद्यालयमा अध्ययनरत कतिपय बालबालिका विद्यालय पोषाक समेत किन्न नसक्ने अवस्था रहेको बताउँदै प्रधानाध्यापक ढुंगानाले सुइटर वितरणसँगै बालबालिकाहरुलाई ठूलो सहयोग मिलेको बताए ।
बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरका सञ्चालक राज विश्वकर्माले आफुहरुले सञ्चालन गरिरहेको नीजि विद्यालय भएपनि बालबालिकाको विद्यालय शिक्षामा सहयोग पु¥याउन सामुदायिक विद्यालयसँग सहकार्य गर्ने बताए । विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपाल सुर्खेतका सचिव समेत रहेका विश्वकर्माले आगामी दिनहरुमा समेत बालबालिकाहरुलाई सहयोग गरिने बताए । बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमा गरिब तथा अभिभावक विहिन बालबालिकाहरुलाई पूर्ण र आंशिक छात्रबृतिमा शिक्षा लिईरहेका छन् ।





Leave a comment

Your email address will not be published.


*