सार्बजनिक अपराध मुद्दाका फरार अभियुक्त पक्राउ

          |   प्रकाशित मितिः बिहिबार, पुस २३, २०७७     ::: 45 पटक पढिएको   |  

दैलेख : दैलेख प्रहरीले सार्बजनिक अपराध सम्बन्धी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । दैलेख नारायण नगरपालिका वडा नं. ६ बस्ने २५ बर्षीया बिनोद दमाईलाई प्रहरीले पक्राउ गरेको हो । दैलेख जिल्ला अदालत दैलेखको लगत नं. ८११ मा उल्लेखीत २०७३ बैशाख १३ गतेको फैसला आदेशले उनलाई एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । फैसलापछि सार्बजनिक अपराध सम्बन्धी मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनलाई घरमै फेला पारी पक्राउ गरेर जरिवाना भुक्तानीको लागी दैलेख जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*