जातीय छुवाछुत मुद्धामा फरार दुई पक्राउ

          |   प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७७     ::: 15 पटक पढिएको   |  

दैलेख : दैलेख जिल्ला अदालतले जातीय छुवाछुत तथा भेदभाव मुद्धामा कैद र जरिवाना सजाय सुनाईएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ जगनाथका ५४ बर्षीया चक्रबहादुर शाही र सोहि ठाउँका ३१ बर्षीया केशवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई नौ बर्ष पनि पक्राउ गरिएको हो । दैलेख जिल्ला अदालतको २०६८ मंसिर १४ गतेको फैसला अनुसार उनिहरुलाई जातीय छुवाछुत तथा भेदभाव मुद्धामा ८ महिना कैद र जरिवाना सजाय तोकिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका दुई जनालाई कैद र जरिवाना भुक्तानीका लागि अदालतमा पेश गरिएको छ ।





Leave a comment

Your email address will not be published.


*