रेडियोकर्मीको दिन रेडियो दिवस

        दीपक आचार्य   |   प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७७     ::: 46 पटक पढिएको   |  
दीपक आचार्य

देशभरका ८ हजार भन्दा बढी रेडियोकर्मीले फेबु्रअरी १३ तारिख अर्थात् फागुन १ लाई आफ्नो मुख्य चाडको रुपमा विश्व रेडियो दिवसको रुपमा मनाउँछन्। पछिल्लो समय रेडियोको प्रसिद्धि घट्दै गएको र रेडियोको बजार पनि कमजोर भएपछि रेडियोकर्मी चिन्तित हुन थालेका छन्।  

हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज आज घट्दो छ। विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन सुरुवात गरिएकोे हो। 

आजभन्दा एक सय वर्षअघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा सन्सारभरीका गैरसरकारी संस्था, सञ्चारमाध्यम, विश्वविद्यालय र सरकारले रेडियो दिवस मनाउन लागेका हुन्। 
विश्वका अन्य मुलुकमा झै नेपालमा पनि आम सञ्चारको एक सशक्त माध्ययमको रुपमा रेडियोको विकास भएसँगै पत्रकारिता पत्रिकामा मात्रै सिमित भएन।

सन् १९२० मा लण्डनमा विश्वमै पहिलो पटक नियमित रेडियो प्रशारणसेवाका रुपमा बीबीसीले आफ्नो सेवा सुरु गर्‍यो र बिस्तारै बिस्तारै विश्वभर रेडियो स्थापना हुन थाले र रेडियो पत्रकारिताको पनि विकास भयो। नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थालेता पनि २००४ सालपछि मात्रै पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए। 

२००७ सालको जनक्रान्तिको बेला भारतको फर्बेसगञ्जबाट रेडियो ट्रान्समिटर झिकाई भोजपुर जिल्ला र पछि विराटनगर जुटमिलबाट क्रान्तिलाई सफल बनाउन रेडियो प्रशारणसुरु गरिएको थियो। जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौंको सिंहदरबारमा ल्याई रेडियो नेपालको रुपमा २००७ साल चैत २० गतेदेखि प्रशारणसुरु गरिएको हो। 

अहिले देशभर फैलिएका एफएम रेडियोको सुरुवात भने २०५२ मा रेडियो नेपालको एफएम ब्यान्डबाट भएको हो। त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा २०५४ साल जेठ २ गतेबाट रेडियो सगरमाथाले प्रशारणसुरु गर्‍यो। 

रेडियोको आर्थिक अवस्था राम्रो नभएपछि दक्ष जनशक्ति यो क्षेत्रबाट अन्य क्षेत्रमा पलायन हुन थालेका छन्। अनलाइन मिडिया जस्ता नयाँ मिडियाको प्रशिद्धि बढ्न थालेपछि विज्ञापनदाताले पनि रेडियोमा दिने विज्ञापन कटौती गर्न थालेका छन्। 

त्यसपछि निजी र सामुदायिक तवरबाट धेरै एफएम खुल्न थाले। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ८५० भन्दा बढी रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ६८५ वटा एफएम रेडियोले नियमित प्रशारणगरिरहेका छन्। त्यसमा ३७५ वटा सामुदायिक एफएम रहेका छन्।

सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफएम रेडियोले प्रशारणगरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्ययम रेडियो नै हुन पुगेको छ।  दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ। नेपालमा यी रेडियाको विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता बढ्दै गइरहेको छ। 

अहिले एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा रहेको छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ। सरकारले रेडियो सम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरेपछि रेडियोहरुको दिगो विकासका लागि भने समस्या परेको छ। जिल्ला सदरमुकाममा धेरै रेडियो खुल्दा बजार बाँढिएको छ, स्रोता बाँढिएका छन् र रेडियोको आर्थिक अवस्था राम्रो छैन। 

रेडियोको आर्थिक अवस्था राम्रो नभएपछि दक्ष जनशक्ति यो क्षेत्रबाट अन्य क्षेत्रमा पलायन हुन थालेका छन्। अनलाइन मिडिया जस्ता नयाँ मिडियाको प्रशिद्धि बढ्न थालेपछि विज्ञापनदाताले पनि रेडियोमा दिने विज्ञापन कटौती गर्न थालेका छन्। पहिला पहिला रेडियो सुन्न टाढासम्म रहेका रेडियो भएका घरमा पुगेर धेरै मानिस जम्मा भएर सुन्ने गरिन्थ्यो भने। अहिले हातमा भएको मोबाइलमा इयरफोन लगाएर एक्लै रेडियो सुन्ने बानीको विकास भएको छ। 

एफएम रेडियो लोकतान्त्रिक आन्दोलनमा निक्कै प्रभावकारी भयो। एफएम रेडियोले ताजा ताजा खवर घण्टा घण्टामा दिन थालेपछि हरेक नागरिकले अपडेट हुनको लागि रेडियो सुन्न थाले। समाचार मात्रै होइन जनचेतना जगाउन, लोकतन्त्रलाई संस्थागत गर्न, जनमत बनाउन र सामाजिक अभियान चलाउन अझै पनि एफएम रेडियो लोकप्रिय छन् नै।

भरखरै काठमाडौंमा सम्पन्न भएको दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनले पनि विश्वमै सामुदायिक रेडियोको सफल अभ्यासमा नेपालले गरेको पाइयो। राष्ट्रिय आमसञ्चार नीति–२०७३ ले अब रेडियो एफएमको व्यवसायिक विकासको बाटो खुलेको छ। 

नीतिले एफएम रेडियो र टिभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रशारणर व्यापारिक प्रशारणगरी तीन भागमा वर्गीकरण गरेको छ। नीतिले सामुदायिक रेडियोको छुट्टै ऐनका साथ पहिचान दिने बाटो खुलेको छ तर सरकार सामुदायिक रेडियोलाई छुट्टै व्यवस्था गर्न तयार छैन।
 
राजनीतिक परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलनमा रेडियोले खेलेको भूमिकाको सबैतर्फ प्रशंसा भएपछि रेडियोतर्फ धेरैको ध्यान तानिएको थियो। शाही शासनमा समाचारमा रोक लाएकोविरुद्धमा  सडकमा बसेर समाचार भनेको, एकोहोरो शंख बजाएर सरकार विरोधी आन्दोलन गरेको स्मरण अझै झलझली आउँछ। 

२०६१ साल माघ १९ गतेको शाही ‘कु’ सँगै रेडियोले समाचार भन्नसमेत पाएका थिएनन्। रेडियोकर्मी भन्ने बित्तिकै हिजो स्वतन्त्र रेडियो बचाऊ आन्दोलनमा लाग्ने साथीको याद आउँछ अनि आज बिहान ५ बजेदेखि रेडियो स्टेशन खोलेर राति ११ बजे रेडियो बन्द गरेर घर फर्कने रेडियोकर्मी साथीको मुहार पनि झलझली याद आउँछ।

कोरोनाको समयमा जोखिम मोलेर पनि दिनरात रेडियो कै लागि काम गरेर रेडियोकर्मीले फेरि रेडियोको महत्वलाई उचो बनाएका छन्। कोराना संक्रमित भएर रेडियोमै आइसोलेसनमा बसेर काम गर्ने साथीलाई पनि सलाम गर्न मन लाग्छ। 

रेडियोकर्मी बन्ने सोख वा क्रेज कम हुँदै गएको त होला तर अझै पनि नेपालको २ तिहाई भन्दा बढी भूभागमा स्थानीय रेडियो नै सूचनाको पहिलो माध्यमम भइरहेका छन्। कोभिड–१९ को समयमा मात्रै होइन, २०७२ सालको भूकम्प जस्ता बिपत्तिमा पनि स्थानीय एफएम रेडियोले महत्वपूर्ण काम गर्न सफल भए। जे भए पनि नेपालको रेडियोको विकास विश्वलाई नै नमुना प्रस्तुत गर्ने खालको छ। सबै रेडियोकर्मीलाई रेडियो दिवसको शुभकामना।

(लेखक आचार्य सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख हुन्।) 





Leave a comment

Your email address will not be published.


*