वक्तृत्वकला प्रतियोगिता सम्पन्न

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन ४, २०७७     ::: 64 पटक पढिएको   |  

दैलेख : गुराँस गाउँपालिका वडा नं ६ को जयजनता बालक्लव जोरेबाझले ‘कोभिड–१९ले नेपाली जनजीवन र शिक्षामा पारेको प्रभावका’ विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको अन्तरनिहित क्षमताको विकास गर्ने उद्धेश्यले बक्तृत्वकला कार्यक्रम आयोजना गरिएको हो ।
कोरोना एक प्रकारको सरुवा रोग भएकाले रोग नियन्त्रणका आवश्यक उपायहरु नपनाए कोरोनाले झन विकरालरुप लिने कार्यक्रमका सहभागी झलक बि.सि.ले बताए । ‘कोरोनाले मुख्यतया वैदेशिक रोजगार, पर्यटन, घरेलु तथा मझौला उद्योग र शिक्षामा नराम्रोसँग असर पारेको छ, बैशाख देखि सुरु हुने शैक्षिक सत्र झण्डै ८ महिना पछि सुरु भएकाले बालबालिकाको भविष्य अन्यौलमा परेको छ ।’
त्यतिकै लक्ष्य फेरियो विश्वकै कोरोनाले ,
कोरोना रोकथामका लागि के गर्दैछ सरकार,
कोरोनाले पारेको असर कसरी खोज्दै छ सरकार, भन्दै विक्रम वि.सि.ले आफ्ना गहकिला भनाई राखेका थिए । कोरोना एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले कोरोनाबाट सुरिक्षत हुन उनको आग्रह थियो ।
बालबालिकाको क्षमता विकासका लागि अतिक्ति क्रियाकलाप आवश्यक भएको जयजनता माध्यामिक विद्यालयका प्रधानध्यापक दिपेन्द्रकुमार बि.सिले बताए । उक्त कार्यक्रममा २० जना भन्दा बढी बालबालिकाको सहभागीता रहेको थियो भने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा झलक बि.सि. प्रथम, विक्रम बि.सि. दितिय र रिता बि.सि.ले तृतिय स्थान हासिल गरेका थिए ।





Leave a comment

Your email address will not be published.


*