प्रजातन्त्र दिवसमा दैलेख कारागारका ५ कैदी छुटे

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन ७, २०७७     ::: 54 पटक पढिएको   |  

दैलेख : ७१ औं प्रजातन्त्र दिवसको अवसरमा दैलेख कारागारबाट ५ जना कैदी छुटेका छन् । सरकारले प्रजातन्त्र दिवसको अवसरमा मुलुकभर ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । त्यस मध्ये जिल्ला कारागार दैलेखमा रहेका ५ जना कैदीको कैद कट्टा गरी माफी मिनाहा भएको छ ।
एक जना महिला सहित पाँच जना कैदीको भुक्तान हुन बाँकी कैद छुट भएको दैलेख कारागार कार्यालयका प्रमुख जीतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कतव्य ज्यान मुद्धामा १६ बर्ष कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा डेढ बर्ष कैद सजाय तोकिएर ६५ प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा एक बर्ष कैद सजाय तोकिएको र ९१ प्रतिशत कैद भुक्तान गरेका एक जनालाई कैद छुट दिइएको हो ।
यस्तै कतव्य ज्यान मुद्धामा २ बर्ष कैद सजाय तोकिएको र दुई महिना कैद भुक्तान गर्न बाँकी एक जना, कतव्र्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका एक जनाको बाँकी कैद छुट दिइएको कारागार कार्यालयका प्रमुख खत्रीले बताए । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ ।





Leave a comment

Your email address will not be published.


*