प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन ७, २०७७     ::: 89 पटक पढिएको   |  

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।

प्रदेश प्रमुख परियारलाई किन पदमुक्त गरियो भन्ने राष्ट्रपति कार्यालयले खुलाएको छैन । संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था विभिन्न कानुनी प्रावधान रहेका छन् । परियारलाई पदमुक्त गरिएको भनिएको १६५ (२) ख मा ‘निजको पदावधी समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजमुक्त गरेमा’ भन्ने कानुनी प्रावधान रहेको छ ।





Leave a comment

Your email address will not be published.


*