मानसिक स्वास्थ्य परियोजनाबारे सिकाई आदानप्रदान

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन ७, २०७७     ::: 67 पटक पढिएको   |  

दैलेख : नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार र समस्या न्यूनीकरणमा सीएमसी संस्थाले खेलेको भूमिकाप्रति खुशी प्रकट गरेका छन् । सीएमसी संस्थाले सञ्चालन गरेको समावेशी सामुदायिक मासिक स्वास्थ्य कार्यक्रमको अनुभव आदानप्रदान कार्यक्रममा नगरप्रमुख खड्काले स्थानीय सरकारले गर्नुपर्ने काममा सघाएकोमा धन्यवाद दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव भूपेन्द्र शाहीले कार्यक्रम जिल्लाका ११ वटै स्थानीय तहमा सञ्चालन गर्न आग्रह गरे । समावेशी सामुदायिक मासिक स्वास्थ्य कार्यक्रमका कार्यक्रम संयोजक लक्ष्मण नाथ, सीएमसीका मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता सीता चौधरी र सीएमसीको लैंगिक प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक अम्विका पुलामीमगरले अहिले भइरहेका काम र भावी योजना बारे जानकारी गराएका थिए ।
मानसिक स्वास्थ्य समस्याबाट मुक्ति पाएका र सुधार हुँदै गएकाहरुले आफ्नो अनुभव सुनाएका थिए । सीएमसी नेपालको सहकार्यमा नारायण नगरपालिकाले सञ्चालनमा ल्याएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्य कार्यक्रमबाट भएका सिकाई, अनुभव र चुनौती आदान प्रदान गर्न गोष्ठि आयोजना गरिएको थियो ।
यस्तै कार्यक्रम लागु भए पश्चात मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा आईपरेका परिवर्तनहरु बारेमा सेवाग्राहीहरुको धारणा अनुभव आदान प्रदान र कार्यक्रमलाई दिगो बनाउनका लागि सरोकारवालाहरुको भूमिका र प्रतिबद्धताका लागि गोष्ठि आयोजना गरिएको थियो ।





Leave a comment

Your email address will not be published.


*