महिलाहरुले सडक संघर्षको अगुवा गर्नुपर्छ : रेग्मी

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७७     ::: 29 पटक पढिएको   |  

दैलेख : अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य ललिता रेग्मीले महिलाको अधिकार सुनिश्चितताका लागि चुल्हो–चौकाको जिम्मेवारीका अलवा सडक संघर्षको अगुवा गर्न आवश्यक रहेको बताएकी छिन् । प्रधानमन्त्रीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिबाट संसद विघटन गरिएको प्रतिगामी कदम बिरुद्ध नेकपा प्रचण्ड–माधन समूहको अखिल नेपाल महिला संघले दैलेख सदरमुकाममा आयोजना गरेको प्रदर्शन तथा विरोध सभा कार्यक्रममा उनले सो विचार राखेकी हुन् ।
सोहि अबसरमा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले दश वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन लगायतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न प्रतिगमन बिरुद्ध संघर्ष जरुरी रहेको प्रष्ट्याइन् ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पाटी (नेकपा)का प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले प्रतिगमनकारी बर्तमान सरकारले संघीय शासन प्रणाली र जनता बलबाट बनेका संविधान निष्तेज पार्ने दुष्प्रयास गरेको टिप्पणी गरे ।
नेकपा कर्णाली प्रदेश सदस्य पूर्व जिविस सभापति टेकबहादुर खाँणले विघठित प्रतिनिधिसभा पुनस्र्थापनापछि यस्तो घातक काम गर्ने जो कसैलाई पदच्यूतको कारवाही गरी पार्टी संगठन चुस्तदुरुस्त बनाउने र संविधानको पालना गर्न आन्दोलन गरिएको बताए ।
अखिल नेपाल महिला संघ दैलेखका संयोजक सुस्मिता सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपमेयर तारा शाही, नेकपाका जिल्ला कमिटी सदस्य भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्ट, अनेरास्ववियू सहसंयोजक हेमन्त दशौदीले प्रतिगमन बिरुद्ध आन्दोलनको औचित्य बारे प्रकाश पारेका थिए ।





Leave a comment

Your email address will not be published.


*