सोमवार नेपाल दलित मुक्ति संगठनले देशैभर प्रदर्शन गर्ने

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७७     ::: 83 पटक पढिएको   |  

दैलेख : फागुन ७ गते प्रजातन्त्र दिवसको दिन २ नं. प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई सरकारले पक्षपातपूर्ण तरिकाले बर्खास्त गरेको बिरोधमा नेपाल दलित मुक्ति संगठनले देशैभर भोलि सोमवार प्रदर्शन गर्ने भएको छ ।
सरकारले ७ वटा प्रदेशमा मुख्यमन्त्री, सभामुख, मन्त्री कुनै नराखेको अवस्थामा २ नं. प्रदेशमा प्रदेश प्रमुख बनाइएका एक जना मात्र दलितको उपस्थिति रहेको अवस्थामा उहाँलाई नै हटाई ब्राम्हण समुदायको व्यक्तिलाई सो पदमा ल्याइएकोमा सर्वत्र निन्दा गरिएको छ ।
संविधानको अपव्याख्या गर्दै प्रतिनिधिसभा विघटन गरेको सरकारले दलित समुदायप्रति हेर्ने दृष्टिकोण पक्षपाती र भेदभावपूर्ण रहेको भन्दै देशभर आन्दोलनको कार्यक्रम राखिएको नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य गोपाल नेपालीले बताए ।
भोलि सोमवार दैलेख सदरमुकाममा आन्दोलनरत सबै पक्षको साझा मोर्चाले गरिने प्रतिगमन बिरुद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको नेपाल दलित मुक्ति संगठन दैलेखका संयोजक चक्रलाल सुनारले जानकारी दिए ।





Leave a comment

Your email address will not be published.


*