१० लाख अवैध भारुसहित नेपालगन्जमा भारतीय नागरिक पक्राउ

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७७     ::: 14 पटक पढिएको   |  

नेपालगन्ज: १० लाख अवैध भारतीय रुपैयाँसहित बाँकेमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टमा भारतबाट पैदल आउँदै गरेका उत्तरपूर्वी दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खान पक्राउ परेका हुन् ।

उनले बोकेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र पाँच सयका एक हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । विदेशी विनिमय ऐन २०१९ अनुसार यसरी बरामद गरिएको रकम जफत गरी १० लाखदेखि ३० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।





Leave a comment

Your email address will not be published.


*