डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले जनाएका छन् ।
Leave a comment