प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ७० औं जन्मदिन मनाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिवारका सदस्यका साथमा ओलीले जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीका साथमा जनमदिन मनाएका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जन्मदिनको अवसरमा बालुवाटारमा सामान्य कार्यक्रम भएको हो । २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएको ओलीको परिवार झापा बसाइँ सरेको हो । ओलीको घर भक्तपुर बालकोट भए पनि उनका पिता झापामा बस्दै आएका छन् । गतवर्ष ओलीले आफ्नै जन्मघरमा पुगेर जन्मदिन मनाएका थिए ।
Leave a comment