प्रसिद्ध वर्षे मेला सुरु ।।

          |   प्रकाशित मितिः सोमवार, साउन १७, २०७३     ::: 183 पटक पढिएको   |  

दैलेखमा आजबाट बर्षे मेला सुरु भएको छ । गाँठे मंगलको शुरुवात सँगै दैलेखकै प्रख्यात एक महिना लामो वर्षे मेलासुरु भएको हो । पातीको ठूलो पुत्ला सँगै एउटा लामो रसिमा सिस्नो बाधेर बाटो छेकी आवात जावत गर्नेहरुलाई रोकेर वर्षे मेलाको सुरुको दिन दक्षिणा माग्ने चलन रहेको छ । गाठे मंगले दान दिनुहोस्, घैटे सर्प पैसा दिनुहोस् भन्दै बाटो बाटोमा गाठे मंगलेको तस्विर बनाएर दक्षिणा माग्ने चलन रहेको छ । यो पर्व नेवार समुदायले परापुर्व काल देखि मनाउदै आएको भए पनि अहिले यो जिल्लाको साझा पर्व भएको छ । शुरुमा राक्षस र देवताको लडाई भयो । भगवान संग रिस मानेर राक्षस भागेर गयो । त्यस पछि त्यसले दुईकानमा घण्ट झुडाएर भगवानको नाम नसुनियोस् भनेर हिड्यो तर पछि राम भगवानले दर्शन दियो । त्यस पछि मात्र यसलाई लोकले मान्यता दिएको नेपाली समाजमा मान्यता छ । त्यति मात्र नभएर यसले चाड पर्व भित्रिएको समेत संकेत गर्ने गरेको पाइन्छ ।

पर्वको दिन वाटोमा आवत जावत गर्ने सँग गाठे मंगलेको रक्षाको लागि भन्दै पैसा लिने चलन रहिआएको छ । गाठे मंगल देखि शुरु हुने वर्षे मेला कृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटे सँगै समापन हुने गर्दछ । वर्षे मेलाको सुरुको दिन सदरमुकाममा रहेको ज्वाला क्लबले वजारमा लाखे निकालेर वार्षे मेलाको सुरुवात गरेकोे छ । दैलेख सदरमुकाममा एभरेष्ट, सुनगाभा, ज्वाला र भगवती यूवा क्लवहरुले यस जात्रालाई विगत लामो समयदेखि संचालन गर्दै आईरहेका छन् । मल्लकालका राजा प्रताप मल्लको पालादेखि नेपालको काठमाडौका नेवार समुदायले मात्रै मनाउने गरेको लाखे जात्रालाई अहिले दैलखमा सवै समुदायका मानीसहरुले विशेष चाडको रुपमा मनाउन थालेका छन्





Leave a comment

Your email address will not be published.


*