पहिरोको डरले रातभर जाग्राराम

          |   प्रकाशित मितिः आइतवार, भदौ ६, २०७२     ::: 214 पटक पढिएको   |  

गोविन्द केसी
दैलेख भाद्र ६ – चारैतिर गल्केको भिरालो जमिन । त्यही जमिन खोतेलेर बनाईका घरहरु । पानी परेसंगै पहिरो घरतिर खस्न थाल्छ । त्यसपछि बस्तीमा रहेका बादी यूवाहरु खैलाबैला मच्चिन्छ । एकै ठाँउमा भेला भएर एकले अर्कालाई अगांलमार गरेर जाग्राराम बस्छन् । गत शनिवार साँझ पहिराले घर पुरिएर ३ जनाले ज्यान गुमाएपछि बेचैन बादी परिवारका लागि अहिले आकाशबाट पानी पर्दा उत्तिकै चिन्तित हुने गरेका छन् ।

पहिरोले प्रभावित पारेको नमुना बस्ती । तस्विर ः गोविन्द केसी

पहिरोले प्रभावित पारेको नमुना बस्ती । तस्विर ः गोविन्द केसी

बादी समुदायका ६५ घर रहेको नमुनाबस्ती नै पहिरोले भाँसीन थालेपछि धेरैले थाकथलो नै छाडेका छन् । बस्तीका आधा दर्जन घरहरुमा साना पहिरोहरु खसेका छन् । साना ठुला पहिरोले नै अहिले बादी बस्तीमा राती जाग्राराम बस्नु बाहेक अरु उपायै छ्रैन् । पानी परेपछि निन्द्रा नै हराउने गरेको टेकबहादुर बादी बताउँछन् । केही यूवाहरु सुरक्षित स्थानको पहिचान हुन नसकेपछि बस्ती छोड्न सकेका छैनन् । १ घर पहिरो पु¥यो अरु घर पनि जोखीममा रहेकाले धेरैले बस्ती नै छाडेर अनेत्र गईसकेको बादी समुदायकी अगुवा पैवा बादीले बताईन् । łकच्चि झुपडीबाट पक्की घरहरु बनाएर धेरैले सम्पन्न रुपमा बस्ती बसीसकेका थिए । “ पैवा बादीले भनिन् दैवले पनि हामीलाई नै रुवायो ।” १५ वर्षअघि बसेको बस्तीमा पहिलो पटक पहिरोले सन्त्रास फैलाएको हो ।





Leave a comment

Your email address will not be published.


*