Articles by Hira Singh Thapa

ट्राक्टरमा ठोक्किएर बालकको मृत्यू

    दैलेख – बालुवा खाली गरेर फर्किदै गरेको  ट्रयाक्टरको ट्रलीमा चढ्न खोजेका एक बालक डालामा ठोक्किएर बुधवार मृत्यू भएको छ । भगवतीमाई गाउँपालिका–७ वडाभैरबका ११ वर्षीय बालक हिक्मत सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए । भगवतीमाई गाउँपालिका–७ बडाभैरबको पानीमुल नजिक बालुवा खाली गरी रित्तै फर्किरहेको भे १ त ९३८६ नम्वर ट्रयाक्टरको ट्रलीमा अरु बालबालिकाहरुसंगै चढ्न खोजेका [...]

बढ्दो बहुविवाह, उजुरी कर्ताहरु असहाय बन्दै

दैलेख – गुराँस गाउँपालिका–३ खुमका २७ वर्षीय कमल बिकले बर्दियाको ठाकुरबाबा नपा–१ भुरीगाउँकी मिना नेपालीलाई, दुल्लू नपा–१ नाउलेकटुवालका ३८ वर्षीय रमेश खड्काले त्यहीँकी ३० वर्षीया डिलु खड्कालाई र नारायण नपा–८ ढकानेका २६ वर्षीय अशोक शाहीले नौमूले गाउँपालिका–८ चौराठाकी २२ वर्षीया अनु रिमाललाई बहुविवाहको आरोपमा तीन जोडी  अहिले दैलेख प्रहरीको हिरासतमा छन् । फौजदारी कसूरको आरोपमा प्रहरीले मुद्दा चलाएर थुनेका १० जनाको नाम भित्र यी तीन जोडी अर्थात् ६ [...]

२०६२/०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले २०६२/०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना भएको बताएकी छिन् । एकीकृत समाजवादीको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन गर्दै साँसद बिशुन्केले केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैलीले नेकपा एमालेको राजनीतिक आदर्श माथि नै धक्का पुग्न थालेपछि त्यो [...]

विश्व मानसिक स्वास्थ्य दिवस

सीएमसी र टीपीओ नामका गैरसरकारी संस्थाहरुको आह्वानमा नारायण नगरपालिका–५ भैसेखोरमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । यो वर्ष अर्थात विश्व मानसिक स्वास्थ्य दिवस २०२१ को नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ नारा तय गरेको छ । नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का, नारायण नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर बस्नेत, स्वास्थ्य शाखाका सिअहेव लालबहादुर खड्का, मनोविमर्शकर्ताहरु सीता चौधरी र रेखा श्रेष्ठले मानसिक स्वास्थ्य सचेतनाको जरुरी [...]

शैक्षिक सिकाई गुणस्तर सुधार हुन सकेन

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विद्यालयको संख्या बढे जति शैक्षिक सिकाई गुणस्तर सुधार हुन नसकेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखले आज गैंडाबाजमा आयोजना गरेको ‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले सो विचार राखेको हुन् । अध्यक्ष शाहीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले प्रयाप्त बजेट परिचालन गरेको त्यस अनुसार विद्यार्थीहरुको सिकाई स्तर सुधार गर्न सबै शिक्षकहरु इमान्दार भएर [...]

२०७७ सालको अन्तिम दिन अनलाईन सञ्चालकलाई खुसी, दर्ता खारेज नगर्न सर्वोच्च आदेश

काठमाडौं । नवीकरण नगरेको बाहनामा अनलाइन सञ्चारमाध्यम दर्ता खारेज नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । सरकारले ल्याएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका मा नवीकरण नभएका अनलाइनहरू खारेज गर्ने व्यवस्था संविधानको प्रतिकूल रहेको सर्वोच्चले खारेज नगर्न आदेश जारी गरेको हो । युवा पोष्ट डटकमका प्रधान सम्पादक, अधिवक्ता लीलानाथ घिमिरे र अधिवक्ता विष्णुकुमार गिरीले दायर गरेको मुद्दामा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश [...]

अदालतले ग¥यो प्रशासनबाट भइरहेका न्यायिक सम्पादनका कामको अनुगमन

दैलेख: दैलेख जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालयबाट भइरहेका न्यायिक सम्पादनका कामको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछाने सहित अदालतको न्याय सम्पादन गर्ने कर्मचारीहरुको टोलीले सोमवार अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखा इञ्चार्ज नायव सुब्बा तिलक न्यौपानसंग प्रशासन कार्यालयका कामको प्रक्रिया र कठिनाई विषयमा छलफल भएको थियो । अदालतबाट बेलाबेला हुने अनुगमनले गर्ने [...]
1 2 3 172