Articles by Amar Sunar

सूचना नलुकाउने प्रतिवद्धता

दैलेख, असाढ ९ । जिल्लास्थित सबै कार्यालय प्रमुखले सूचना नलुकाउने प्रतिवद्धता गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलगायत जिल्लास्थित कार्यालय प्रमुखहरुले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाको रोहवरमा प्रतिवद्धता गरेका हुन् । सूचनाको हक सम्बन्धि ऐन २०६४ ले आम नागरिकको सूचनामाथि अधिकारी सुश्चित गरे पनि सार्वजनिक निकायले सूचना लुकाउने गरेको गुनासो भइरहेका बेला जिल्लास्थित कार्यालय प्रमुखले [...]

चुनाव सकिएको १ महिनापछि समिक्षा गर्दै काँग्रेस

दैलेख, असाढ ८ । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले दैलेमा चुनाव हार्यो । चुनावी नतिजा सार्वजनिक भएको केही दिनसम्म काँग्रेसका उम्मेदवार, नेता तथा कार्यकता अन्तर्घातका कारण चुनाव हारिएको भन्ने चर्चा गरिरहेका भेटिन्थे । चिया पसलमा उनीहरु समिक्षा पनि गर्थे कसरी चुनाव हारियो ? पार्टीले आधिकारिकरुपमा समिक्षा गर्न सुरु नगरे पनि आम कार्यकर्ताहरु आफ्नै तालमा समिक्षा गरिरहेका थिए । चुनाव सकिएको १ महिनाभन्दा धेरै भइसकेको छ । [...]

दैलेख पूर्ण खोप युक्त जिल्ला

दैलेख । दैलेख जिल्लालाई आइतबार पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै शिषुहरु खोपको पहुँच भएपछि पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो । दैलेखका सांसद अम्मरबहादुर थापा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले आइतबार दैलेख सदरमुकाममा आयोजित एक विशेष कार्याक्रमका साथ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका छन् । घोषणा कार्यक्रममा बोल्दै सांसद थापाले दैलेखलाई पूर्ण खोप युक्त जिल्ला बनेकोमा दैलेखवासीले गर्व [...]

दोस्रो चरणको स्थानीय चुनावको तयारी पूरा, उम्मेदवारी दर्ता भोलि

३ असार, काठमाडौं । दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने १४ गते मतदान हुनेछ । आगोगले ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । ‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु’ प्रमुख [...]

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।  ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि [...]

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?

२८ जेठ, काठमाडौं । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् । योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट समेत औपचारिक रुपमा अलग हुन्छ । अहिले निर्वाचनमा [...]

भित्ते पत्रिका तालिम सुरु

दैलेख, जेठ २७ । दैलेखमा बाल क्लबका पदाधिकारीका लागि ३ दिने भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालिम सुरु भएको छ । सामाजिक सेवा केन्द्र (सोसक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा सहयात्रा परियोजना लागु भएका गुराँस गाउँपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्बलका पदाधिकारी सहभागी छन् । तालिममा ६ जना बालिका र ११ जना बालक [...]

भरतपुर विवाद : निर्वाचन आयोगले बनायो छानविन समिति

काठमाडौं । निर्वाचन आयोगले भरतपुरमा देखिएको विवाद समाधान गर्न सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । छानविन समितिले सकेसम्म छिटो प्रतिवेदन बुझाउने बताइए पनि तीन दिनभित्र बुझाउन भनिएको छ । त्यतिन्जेल भरतपुरको मतगणना स्थगित गरिनेछ । छानविन समितिमा गृहमन्त्रालयका एक सहसचिव र अर्का एकजना डीआईजी समितिमा रहनेछन् । उनीहरुको समितिले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निर्णय गरिने निर्वाचन आयोगका [...]

प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर पुग्यो

काठमाडौं । आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् । एक नेपालीको बार्षिक आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो। यस्तो आम्दानी बार्षिक ८८ हजार ७ सय ८५ रुपैयाँ पुगको छ। गत वर्ष प्रतिव्यक्ति नेपाली आम्दानी ७ सय ५७ डलर रहेको थियो । त्यस्तै, चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ [...]

नेपालगन्जमा भीषण आगलागी

१४ जेठ, काठमाडौं । नेपालगन्जको सुर्खेत रोडमा भीषण आगलागी भएको छ । धम्बोजी र पुष्पलाल चोकको बीचमा पर्ने   श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा आइतबार बिहान आगलागी भएको हो । बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणकाे  प्रयास १ घन्टादेखि भइरहे पनि  पनि सफल हुन सकेको छैन । आगोले अहिलेसम्म एउटा घर लजेर नष्ट भएको छ भने अर्को घरमा फैलने खतरा बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सक्रियतामा अहिले [...]
1 2 3 47