कला/मनोरञ्जन

यमपञ्चक शुरु, काग तिहार भोलि

काठमाडौं : कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन [...]

‘तिम्रै दिलको दरबारमा’ म्यूजिक भिडियो सार्वजनिक

दैलेख कात्तिक २५ गते ।प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण दैलेख पर्यटकीय दृष्टिकोणले अब्बल रहेको छ । पछिल्लो समय जिल्लाका तीनै पर्यटकीय क्षेत्रहरुमा म्यूजिक भीडियोहरु छायांकन हुन थालेका छन् । हालै दैलेखका पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको म्यूजिक भीडियो सार्वजनिक भएको छ ।जिल्लाको पर्यटकीय एवं धार्मिक स्थलहरु बेलासपुर, पञ्चदेवल, डुंगेश्वर लगाएतका स्थानमा छायांकन गरिएको ‘तिम्रै दिलको दरबारमा’ बोलको गीतको [...]

‘हनिमुन’मा काजल दम्पती

मुम्बई : हालै विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री काजल अग्रवाल पति गौतम किचलुसँग हनिमुन मनाउन यति बेला माल्दिभ्स पुगेकी छन्।काजलले माल्दिभ्सका केही तस्बिरसमेत सार्वजनिक गरेकी छन्। तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिन्दास मुडमा देखिएकी छन्।  एक तस्बिरमा काजलले पतिसँग रोमान्टिक मुडमा पनि तस्बिर खिचाएकी छन्। उनका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। सन् २००४ मा फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन्।  यसै वर्ष [...]

गौतमसँग ३ बर्षदेखि प्रेममा थिएँः काजल

साउथ चलचित्र तथा बलिउडकी सफल नायिका काजल अग्रवालले अक्टबुर ३० मा आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गरिन् । मुम्बइको एक महंगो होटलमा आफन्त, साथीभाई र परिवारको उपस्थितीमा भएको बिहेले चर्चा पायो । कोभिडका कारण काजलले भव्य तरिकाले आफ्नो बिहे गरिनन् । बिहेपछि भारतको एक म्यागेजिनसँग कुरा गर्दै काजलले आफूहरु ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । काजलले म्यागेजिनसँग भनिन्–‘हाम्रो मित्रता जोडिएको त ७ बर्ष भयो । तर, हामी ३ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । [...]

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

काठमाडौं कात्तिक २ गते । घटस्थापनाको अवसर पारेर फिल्म ‘भाँडाकुटी’ घोषणा गरिएको छ । दृष्यालय सिनेमाको ब्यानरमा निर्माण हुने फिल्म एक कार्यक्रमका बिच घोषणा गरिएको हो । फिल्ममा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालको मुख्य भुमिका रहनेछ । सामाजिक कथामा निर्माण हुन लागेको फिल्म किरण बिकले निर्देशन गर्न लागेका हुन् । किरणकै कथा, कलम खड्काको निर्माण रहेको फिल्म लगायतको अभिनय रहने फिल्मको आउँदो फागुनबाट छायाँकन  सुरु हुने बताइएको छ । २०७८ सालमा [...]

टेलिकमले ल्यायो अफरै अफर

काठमाडौँ, असोज ३० गते। नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर उपलब्ध गराउने भएको छ। कम्पनीले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबारदेखि ९० दिनसम्म लागू हुनेगरी नयाँ योजना सार्वजनिक गरेको हो।यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रूपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ।अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया [...]

कस्तो छ साम्राज्ञीको फिल्म रोजाई ?

काठमाडाैं असाेज १२ गते । गतबर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएर निर्देशक अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ साइन गरिन् । कतिपयले साम्राज्ञीले महंगो रकम पाएकाले चलचित्र साइन गरेको टिप्पणी गरे भने कतिपयले आफ्ना छोरालाई हिट बनाउन अशोक शर्माले साम्राज्ञीलाई महंगो पारिश्रमिक दिए भनेर टिप्पणी गरे । टिप्पणी जे जस्तो भएपनि साम्राज्ञी यो चलचित्रबाट उत्साहित भइन् । उनको एउटै रटान के थियो भने, ‘रातो टिका [...]

टिकटकले इन्टरनेट सुस्त

काठमाडौं भदाै २१ गते । लकडाउन सुरु भएयता नेपालमा इन्टरनेट झनै सुस्त (स्लो) भएको गुनासो आइरहेको छ। तर, इन्टरनेट सेवाप्रदायकले टिकटक, युट्युब र फेसबुकका ‘भिडियो कन्टेन्ट’ले इन्टरनेट गति कमजोर भएको बताएका छन्। लकडाउनपछि घरभित्रै थुनिएका मान्छेले धेरैजसो समय भिडियो हेर्नमा व्यतित गरेकाले इन्टरनेट सुस्त भएको उनीहरूले बताए। प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तक्र्रियामा सुबिसु केबल नेटका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले [...]

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं भदाै १३ गते । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।   एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता [...]

गायक तिलक परियारले ल्याए टप्पा गीत ‘सुन हजुर’

दैलेख भदौ ८ गते ।गायक तिलक परियारको ‘सुन हजुर’ बोलमा रहेको निकै लोकप्रिय भाका टप्पा गीत सार्वजनिक भएको छ । गायक परियारले आफ्नै युट्युब च्यानल मार्फत गीतको म्युजिक भीडियो सार्वजनिक गरेका छन् । लक्षमण ओलीको शब्द रहेको यो गीतको लय गायक परियारले नै भरेका छन् भने बिबि अनुरागीको संगित रहेको छ ।प्रिज्म रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक परियार र टिका पुनको स्वर रहेको छ । नवराज सुवेदीको निर्देशन तथा परिकल्पनामा सार्वजनिक गरिएको गीतमा बादल [...]
1 2 3 4 5 20