कृषि/पर्यटन

सोसेकको पारदर्शिता नै मन पर्छ ः वडाध्यक्ष शाही

आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले सामाजिक सेवा केन्द्र (सोसेक)को पारदर्शी कार्यशैली र आपतकालिन सहयोग गर्ने तरिका आफूलाई मन परेको बताएका छन् । सो वडाको कुमालखाडा गाउँको डाँडाखोला पोखरी निर्माण गरेका स्थानीय उपभोक्ताहरुलाई मजदूरीको रकम वितरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘आफ्नै पाखो बारीमा तरकारी खेती गर्न गाउँमै पोखरी निर्माण गरी सेवा उपभोग गरेकाहरुले दशैंको बेला हातहातमा रकम पाएको त्यो भन्दा अरु ठूलो खुशी के हुन [...]

गुराँसेकाे भ्यु टावरमा बढे पर्यटक

दैलेख कात्तिक ४ गते ।  जिल्लाको गुराँस गाउँपालिका–५ गुराँसे क्षेत्रमा भ्यु टावर निर्माण गरिएको छ। दृश्यावलोकनका लागि उपयुक्त स्थानको रूपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भ्यु टावर निर्माण गरिएको हो। योसँगै यहाँ अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ। ६१ लाख ९५ हजारको लागतमा भ्यु टावर निर्माण भएको हो। २०७५/०७६ मा २७ लाख ७५ हजार ०७६÷०७७ मा ३४ लाख २० हजार बजेट भ्यु टावर निर्माणमा खर्च गरिएको छ। त्यसमध्ये [...]

कुमालखाडालाई नमुना गाउँ बनाईदै

हिक्मतबहादुर नेपालीदैलेख असोज २६ गते । आठबीस नगरपालिका–३ कुमालखाडा गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । तर, यहाँका नागरिक गरिबी, विपन्नता र पछौटेपन भोगिरहेका छन् । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केही नियमित औषधि सेवन गरेर दैनिकी गुजारिरहेका छन् ।  हाल रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार [...]

कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने

काठमाडौं असोज २१ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले बताए । नेकपा नेता भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो । सरकारले राष्ट्रिय जनगणना गर्न लागेकै [...]

किसानलाई आलुको बीउ

दैलेख असाेज ८ गते । पंचदेवल विनायक नगरपालिका–८ अछामको बारला गाउँकी धर्मा ढकालको परिवार परम्परागत खेतीमा निर्भर छ । उनको परिवार बारीमा उत्पादन भएको खाद्यान्नले जसोतसो जीविकोपार्जन गर्दै आएको छ । परम्परागत खेतीबाट गुजारा गर्दै आएको धर्माको परिवार अब भने व्यवसायिक तरकारी खेतीमा जुटेको छ । तरकारी खेतीका लागि उनले आलुको बीउ समेत सहयोग पाएकी छिन् । स्थानीय लालीगुराँस कृषक समुहकी सदस्य समेत रहेकी उनले पाएको २५ केजी आलुको बीउ व्यवसायिक रुपमा लगाउने [...]

पहिरो पीडितको गुनासो : कहिले पाइएला सुरक्षित बास ?

हिक्मतबहादुर नेपालीदैलेख भदौ २६ गते । एक सय बढी घरहरु रहेको बस्ती हो, गैरागाउँ । पहिरोले नराम्ररी थला परेको यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायत पहिरोले बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला आँसु खसाल्छन् । पहिरोमा छोरा गुमाएका कठायत भन्छन्, ‘बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब कहाँ जाने के गर्ने ?’ [...]

मल नल्याउने दुई कम्पनीको ठेक्का रद्द

काठमाडौ भदाै २२ गते । सरकारले समयमै मल आयात नगरेका शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द गरेको छ । सम्झौताअनुसार भदौ २० गतेसम्म मल नल्याएपछि कृषि सामग्री कम्पनीले ठेक्का रद्द गरी धरौटी रकम जफतको निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालका अनुसार शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी भएको छ ।शैलुङ र होनिकोले २५/२५ हजार टन युरिया आयात गर्ने ठेक्का पाएका थिए । [...]

कर्णाली सरकारको नीति : अनुदान नदिइने

सुर्खेत भदौ २१ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष देखि कोही कसैलाई पनि अनुदान नदिइने बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्याक्रम शुभारम्भ समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विगतमा अनुदान लिने तर दान पाएको भन्दै कुनै काम नगर्ने परिपाटी कर्णालीमा बसेको बताउँदै प्रदेश सरकारले सबै अनुदानका कार्यक्रम कटौती गरेको बताएका हुन् । [...]

उत्थान परियोजनामार्फत दुल्लु नगरमा यसरी हुँदैछ काम

दैलेख भदौ १८ गते ।जिल्लाको दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । परियोजनाले दुल्लुका वडा नम्बर १, २, ३, ४ र ९ लाई समेटेको छ । परियोजनाले २६ वटा नागरिक समाज संघ संस्थाहरु पहिचान गरिसकेको परियोजनाका सामुदायिक [...]

कृषकको उत्पादन बजारीकरण गर्दै सहकारी

दैलेख भदाै १६ गते । ग्रामिण भेगमै सहकारीले किसानका उत्पादनको बजारीकरण गरिदिन थालेपछि उनिहरूको आम्दानी बढ्न थालेको छ । दैलेखको चामुण्डाबिनद्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरूलाई उत्पादन र बजारसंग जोड्न सुरू गरेको हो । सहकारी संस्थाले पहिलो चरणमा गएको साउन २२ गतेदेखि स्थानीयस्तरमा उत्पादित किसानहरूको दुधको बजारीकरण सुरू गरेको छ । जसका लागि दुग्ध विकास कार्यक्रम संचालनमा ल्याइएको सहकारीले [...]
1 2 3 4 5 46