पोर्टेड वाच

अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट के हो र कसरी काम गर्छ ?

काठमाडौँ : पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता नेपालमा सयौंको मृत्यु भइसकेको छ । अस्पताल र होम आइसोेलेसनमा अक्सिजन अभावमा बिरामी छट्पटाइरहेका छन् । अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरुले बिरामी भर्ना लिन मानिरहेका छैनन् । कतिपय अस्पतालहरुले अक्सिजनको अभावमा बिरामीको मृत्यु भए अस्पताल जिम्मेवारी छैन भन्दै बिरामीका आफन्तहरुलाई मञ्‍जुरीनामा गराइरहेका छन् । [...]

सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त

काठमाडौं : सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो । यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा आवद्ध भएकी थिइन् ।  औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन [...]

बेवारिसे सुत्केरी र नवजात शिशु परिवारको जिम्मामा

दैलेख ः दैलेखमा बेवारिसे अवस्थामा उद्धार गरिएको सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाईएको छ । नारायण नगरपालिका–५ भैसीखोर नजिकै इटाडाँडाबाट बेवारिसे अवस्थामा उद्धार गरिएको सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाईएको हो । बेवारिसे ३० बर्षीया सुत्केरी महिला, पाँच दिने नवजात शिशु र ती महिलाका चार बर्षीया छोरा समेतलाई जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा उद्धार गरिएको [...]

सरकारी अड्डामा अर्बौका फर्निचर र मोटरसाइकल

काठमाडौं : सबै सरकारी कार्यालयमा चालु आर्थिक वर्ष २०७७\७८ बाट सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) लागु भएको छ । यस प्रणाली अनुसार अब तीन वटै तहका सरकारी कार्यालयले आफ्नो सम्पत्ति विवरण यो प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुपर्छ । त्यसअगाडी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार महालेखा परीक्षक कार्यालयले यो प्रणाली विकास गरी सरकारी कार्यालयबाट विवरण मागेको थियो । कार्यालयले चालु आर्थिक वर्ष शुरु भएयता संकलन भएको [...]

अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक विद्यालयमा अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम वितरण गरी इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । मन्त्री गुरुङले कमलादीस्थित नेपाल दूर सञ्चार प्राधिकरणको केन्द्रीय कार्यालयमा मङ्गलबार अनुगमनका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन [...]

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं कात्तिक २०। दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछ । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण [...]

राउटे समुदायलाइ मुख्यमन्त्रीको उपहार ः मासिक दुई हजार भत्ता, राउटे उत्साहित

राउटे मुखिया सुर्य नारायण मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही ज्युस‌ग कुरा राख्दै दैलेख कर्णली प्रदेशका मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही राउटे वस्तीमा पुगेर मासिक दुई हजार भत्ता धोष्णा गर्नु भएको छ । कर्णाली प्रदेश सरकारमा सरकारकै भबिस्यको बारेमा सत्ताधारी दल भित्रै सकस चलिरहेको बेला मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित प्रदेश सरकारका तीन मन्त्री राउटे बस्तिमै पुगेरै राहात सहित बन भोज अयोजना गरेका छन । सुर्खेतको चिङाड [...]

टेलिकमले ल्यायो अफरै अफर

काठमाडौँ, असोज ३० गते। नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर उपलब्ध गराउने भएको छ। कम्पनीले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबारदेखि ९० दिनसम्म लागू हुनेगरी नयाँ योजना सार्वजनिक गरेको हो।यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रूपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ।अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया [...]
1 2 3 4