ब्रेकिङ खबर

कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्‍यो

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा सात हजार ३ सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५ सय ३९ को पीसीआर र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।  यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ७३ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जनाले भने कोरोना जितेका छन्। त्यैगरी २४ [...]

दुल्लु अस्पताल सहित नगरपालिका र स्वास्थ्य चौकीलाई सोसेक नेपालको स्वास्थ्य सामग्री

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दुल्लु अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । सोसेकले दुल्लु अस्पताल सहित दुल्लु नगरपालिका, स्वास्थ्य चौकी मालिका र स्वास्थ्य चौकी गौरी र समुदायस्तरमा वितरण गर्ने गरी स्वास्थ्य सामग्री प्रदान गरेको हो । सोसेकले नर्मल मास्क, स्यानीटाइजर, ग्लोब्स, एन नाइन्टी फाइभ मास्क, थर्मल गन, पीपिई सेट लगाएतका विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । डिसीए नेपालको आर्थिक [...]

कर्णाली सरकार र अस्पताल विरुद्ध रिट दायर

सुर्खेत : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । काेराेना भाइरस (कोभिड–१९ )रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् । कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक फैलिएर मृत्यु दर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरेको [...]

एमाले एकता टुंग्याउन १० नेताले पाए जिम्मेवारी

काठमाडाैं : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय कार्यदल गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।  कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, [...]

म आधुनिक जामानाको नारी हुँ भन्दैमा…

मिला श्रेष्ठ म जन्मेको घर देखि लिएर म बस्ने समाज होस् या सिंगो देश । मैले सबैतिर असमानता पाएँ । जब जब मैले भेदभाव महसुस गरेर त्यो कुरा कोही विश्वास पात्रको सामु राख्ने खोज्छु, तब तब मलाई रोकिन्छ । अनी भन्ने गरिन्छ ‘केटी मान्छे भएर यस्तो गर्ने होइन दोष तिम्रै हो’ । हाम्रो पुरुषवादी समाजमा तराईको गर्मीमा पनि महिलाले घुम्टो ओड्दै बस्नुपर्ने समाज, पुरुषले गन्जी र कट्टु लाएर हिँडे पनि केही नहुने ? ६ महिनाको बालिकादेखि ७० वर्षको हजुर आमासम्मको पनि बलात्कार [...]

चीनले अनुदानमा दिएका १८ हजार अक्सिजन सिलिन्डर तातोपानी आइपुगे

फाइल तस्बिर काठमाडौं : सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुगेका छन् । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ ।    सिलिन्डरको अभाव हुन थालेपछि [...]

१८७ जनाको कोरोनाले मृत्यु : ८१६७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।  मन्त्रालयका अनुसार २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाले कोरोना जितेसँगै निको [...]

संकटमा सेवा गर्नेको राष्ट्रले मूल्यांकन गर्छ : आरजू देउवा

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजू राणा देउवाले कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेर काम गरिरहेका व्यक्तिको मूल्यांकन सिंगो मानवजातीले गरिरहेको बताएकी छन्। उनले कोरोना महामारीमा सेवामा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका सञ्चालक, व्यवस्थापक, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहक, स्वयम्सेवक सबैको कार्यको प्रशंसा गरेकी हुन्। तीन महिना लामो अस्पताल बसाईंपछि स्वास्थ्यलाभ गरिरहेकी कांग्रेस नेतृ देउवाले विषम [...]

नेपालको अवस्था पनि चिन्ताजनक, अन्तर्राष्ट्रिय सहयोग चाहियो : डब्लूएचओ

जेनेभा: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा पनि कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । डब्लूएचओका निर्देशन टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोनाभाइरस महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको प्रतिक्रिया दिएका हुन् । भारतसँगै यसका छिमेकी देशहरु नेपाल, श्रीलंका, थाइल्याण्ड, भियतनाम लगायत देशहरुमा पनि कोरोनाको अवस्था चिन्ताजनक अवस्था भएको टेड्रोसले बताएका हुन् । साथै यी देशमा अन्तर्राष्ट्रिय [...]

कर्णालीमा अक्सिजनको हाहाकार, प्रदेश अस्पतालले भन्यो, ‘अब संक्रमितलाई भर्ना गर्न सक्दैनौं’

सुर्खेत : कर्णालीमा अक्सिजनको हाहाकार नै भएको छ। अक्सिजन अभाव देखाउँदै अस्पतालहरुले कोरोना संक्रमितको भर्ना गर्न नसकिने बताएका छन्। अक्सिजन अभावकै कारण अस्पतालहरु पन्छिन थालेपछि संक्रमितको उपचारमा जटिलता पैदा भएको हो। संक्रमित बढेसँगै अस्पतालहरुले अक्सिजन अभावमा विरामी भर्ना लिन नसक्ने बताउन थालेका छन्। केहीदिन अघि प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट संचालनमा ल्याइएको थियो। अक्सिजन नहुँदा जिल्लाहरुबाट संक्रमितहरुलाई उपचारका लागि [...]
1 2 3 4 804