ब्रेकिङ खबर

कोहलपुरका गोरे सन्तोषको हत्या प्रयास, गम्भिर घाइते गोरेको लखनउमा उपचार हुँदै

पुस, १५ कोहलपुर ।   गोरे सन्तोष भनिने सन्तोष बुढाथोकीमाथि विहीवार राति कोहलपुरमा खुकुरी प्रहार भएको छ । घाँटीमा खुकुरी प्रहार भएका सन्तोषको अवस्था गम्भीर छ । उनलाई कोहलपुरको वेलकम रेस्टुरेन्टबाट निस्कँदै गर्दा खुकुरी प्रहार भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रेस्टुरेन्ट अगाडि लक्ष्मण मल्ल भन्ने व्यक्तिले उनीमाथि खुकरी प्रहार गरेर फरार भएको बुझिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले [...]

नवलपरासीमा भुमी सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने

सहबान अन्सारी नवलपरासी संसद कलवार नवलपरासी क्षेत्र न.६ का विभिन्न गाविसहरूमा किसानहरूले वर्षौ देखि जोत भोग गरिरहेको हुदाँ पनि अहिले सम्म लालपुर्जा नभएको जग्गाहरुको लागि माघ महिना भित्र आयोग गठन हुने नेपाली काग्रेस क्षेत्र न.६ का सभासद देवकरण कलवारले जानकारी दिनु [...]

स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

काठमाडौं–प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका [...]

संस्थागत विकासका लागि ः रणनैतिक योजना तर्जुमा कार्यशाला

दैलेख १३ पौष, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले आफ्ना गतिविधिमा प्रभावकारिता र गुणस्तरीयता कायम गरी लाभान्वित वर्गलाई अझ बढी प्रतिफल उपलब्ध गराउने उद्धेश्यका साथ रणनैतिक योजना तर्जुमा कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशाला गोष्ठिले संस्थाको तीन वर्षिय रणनैतिक योजना तयार गरेको सोसेकका अध्यक्ष मञ्जु कुमारी खड्काले बताईन [...]

भ्रष्टाचार र श्रमशोषणविरुद्ध एयरपोर्टका मजदुर आन्दोलित, पुस १८ बाट सबै ठप्प पार्ने चेतावनी

काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ(एयरपोर्ट)मा भईरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषणको आवाज उठाउँदै मजदुरहरुले पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश संगठन कमिटि ३ यूनिट्राभ एयरपोर्ट इलाका कमिटि अन्तरगतसुुनगाभा,नयाँ नेपाल, नेपाल नागरिक उड्डयनसरसफाइ, एयर इन्डिया,टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमोस्टिक प्रालि, सयुक्त प्रदेश [...]

रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालय र सरोकारवालासँग छलफल

निर्मल अधिकारी दैलेख १३, पौष –सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले त्रिवर्षिय रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालयहरु र सरोकारवालाहरुसँग छलफल सम्पन्न गरेको छ । सामाजिक परिचालन र जनसहभागिताको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति र विपन्न वर्गको शिक्षा, स्वास्थ्य, आर्थिक, पर्यावरणीय र अधिकारको क्षेत्रमा विकास गर्ने ध्ययका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सोसेकका संस्थापक अध्यक्ष हीरासिह थापाले बताए [...]

कृषिमा व्यवसायिकता जरुरी ः प्रजिअ दुलाल

अमर सुनार दैलेख, पुस १३ – दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कृषिमा व्यवसायिकता नभई देशको आर्थिक उन्नति नहुने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय र कृषि समूह तथा गैससहरुको संयुक्त आयोजना दुल्लूमा आजदेखि सुरु ३ दिने कृषि मेला उद्घाटन कार्यक्रममा उनले त्यसका लागि नविनतम प्रविधिको प्रयोग गर्नुपर्ने औल्याए [...]

अदालतद्वारा विवाह बदर

दैलेख, पुस १२ – एक किशोरीले आफूसंग गरिएको जवरजस्ती विवाहलाई बदर गरी पाऊँ भनी गरेको फिरादमा दैलेख जिल्ला अदालतले विवाह बदरको फैसला गरेको छ । दुई वर्ष अघि त्यतिबेला १७ वर्षको उमेरमा जवरजस्ती विवाह गरिएको भन्दै ०७३ वैशाख १४ गते परेको फिरादमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट विवाह बदरको फैसला भएको हो [...]

राकमकर्णालीमा कृषि मेला

दैलेख–अछामको सिमाना सँग जोडिएको दैलेखको सुदुर पश्चिममा पर्ने राकमकर्णाली गाविसमा कृषि मेला प्रदर्शनी भएको छ । मेलाको आयोजना बशुन्धारा कृर्षि सहकारी संस्थाले गरेको हो । गाविसका सबै वडाहरुलाई कर्णाली राजमार्गले छोएको हुँदा पनि उक्त गाविसलाई कृर्षि उत्पादन तथा बजारीकरणका लागि उत्तम मानिदै आएको छ [...]

युवाको सान ः कृषकलाई सम्मान भन्ने मुल नारा सहित कृषि मेला प्रदर्शनी

दैलेख –युवाको सान ः कृषकलाई सम्मान भन्ने मुल नारा सहित ज्वाला युवा संजाल वाँसीको आयोजना कृषी मेला प्रदर्शनी भएको हो । कृषि मेला जिल्ला कृषि विकास कार्यालय दैलेख, गा.वि.स को कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजीकरणमा वांसी गा.वि.स.मा पहिलो वृहत कृषि मेला प्रदशनी कार्यक्रम २०७३ पौष ९ गते वाँसीमा संचालन भएको हो [...]
1 707 708 709 710 711 804