ब्रेकिङ खबर

बाख्राले आर्थिकस्तर उस्कायो

गोविन्द केसी चामुण्डा (दैलेख), – चामुण्डा गाविस –९ की एकल महिला भुवानी नेपाली केही वर्षअघिसम्म घरमा खाने अन्न समेत नहुँदा बच्चाबच्ची हुर्काउनै समस्या पर्दथ्यो । आम्दानी गर्न उनले धेरै सोच्छिन् तर, पैसा नहुँदा केही गर्न सक्दैनथिन् । आम्दानी भदा पनि खर्च मात्रै हुँदा उनी दिक्क समेत हुन्र्थिन् । उनी एक दिन गाँउकै समुहमा बसिन् । त्यहाँ उनलाई आयआर्जनका ऋण लिईन् अनि २ बाख्रा र १ बोका ऋण लिएर पालिन् । उनले त्यही बाख्राबाट सुरु गरेको ब्यवसाय अहिले गाँउकै [...]

ईसिडीका सहयोगी कार्यकर्ता अब शिक्षक

काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्र(ईसिडि)का सहयोगी कार्यकर्तालाई अब शिक्षकमा रुपान्तरण गरिने भएको छ । शिक्षा विभागले उनीहरुलाई प्रारम्भिक बाल शिक्षकका रुपमा रुपान्तरण गर्ने भएको हो । शिक्षकमा रुपान्तरण गरिएसँगै उनीहरुको सुविधा समेत बढाइने विभागले जनाएको छ [...]

नाली व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्दै सडक

 ज्वाला सन्देश समाचारदाता दैलेख १० असार–ग्रामिण भेगका सडक यतिवेला वर्षात संगै नालीको व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्न थालेका छन् । यो अवस्था विगतमा खनेको सडक भन्दा नयाँ खनेको सडकहरुमा वढी देखिएकोछ । जिल्लाका अधिकांश स्थानमा निर्माण गरिएका सडकहरु नाली व्यवस्थापन नहुँदा वर्षातको भेलले खोलेर यातायातका साधन आवत जावतमा समस्या हुदै आएको छ [...]

कृषकहरु खुसी ।।

दैलेख, लामो समयको खडेरी पछि निरन्तर पानी पर्न थाले पछि दैलेखकाका किसानहरु खुसी भएका हुन । लामो समय देखि पानी नपरेपछि हिउँदे बाली राम्रो सँग भित्राउन नपाएका किसानहरु निरन्तरको पानीले बर्षेबाली राम्रो सँग सप्रिने भएकाले खुसी भएका हुन् [...]

प्रशसनीय दृष्टिले विभेद हटाउन सहज

दैलेख, असार ७ – कुसंस्कारका कारण समाजमा रहेको जातीय विभेद न्यूनीकरण गर्न प्रशनीय दृष्टिकोण आवश्यक रहेका निष्कर्ष निकालिएको छ । जिल्ला विकास समितिको सहयोगमा दलित महिला संघ दैलेखको आयोजनामा चामुण्डमा आज आयोजित ‘विकासमा दलितको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले त्यस्तो अनुभवले बताएको उल्लेख गरेका छन् [...]

सूचना लिन गएकोलाई दवाव अर्थाइन्छ ः रावत

दैलेख, असार ६ – नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य उमेशकुमार रावतले पीडित बारे सूचना लिन जाँदा प्रहरी प्रशासनलाई दवाव दिएको अर्थ लगाउने गरिएको दुखेसो पोख्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालयले आज दैलेखमा आयोजना गरेको मानवअधिकारको अवस्था सम्वन्धी समीक्षा कार्यक्रममा उहाँले त्यस्तो स्पष्टीकरण दिनुभएको हो [...]

शैक्षिक सामग्री निर्माण शिक्षक आफैले निर्माण गर्ने

प्रारम्भिक कक्षाका वालबालिकाहरुलाई उपयोग हुने शिक्षण सिकाइका शैक्षिक सामाग्रीहरु शिक्षक शिक्षिका आफैले निर्माण गर्ने भएका छन् । जिल्ला शिक्षा कार्यालयको समन्वाय, सेभ द चिल्डेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारितामा संचालित एकिकृत परियोजना आयोजनामा संचालन भएको प्ररम्भिक कक्षाका लागि शैक्षिक सामग्री निर्माण तालिमका सहभागी शिक्षक शिक्षिकाहरुबाट शैक्षिक सामग्री आफै निर्माण गर्ने प्रतिवद्धता आए पछि प्राथमिक स्तरका कक्षाका [...]

विभेद हटाउन दलितको सचेतना जरुरी ः प्रजिअ

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जातीय विभेद सरकारवादी मुद्दा भएकोले दलित समुदायले सहनु नहुने बताउनुभएको छ । दैलेख सदरमुकाममा आज भएको समता फाउण्डेशनको आयोजना जातीय भेदभाव तथा छुवाछूत नियन्त्रण सम्वन्धी सरकारी नीति कार्यान्वयन अवस्था पुनरावलोकन कार्यक्रममा उहाँले सो कुरा भन्नुभएको हो [...]

जात जोगाउने जन्मदर्ता !

अमरबहादुर सुनार बडाभैरब गाविस वडा नं. ४ माइती भएकी उमेरले अहिले ४८ वर्षकी भइन्, जन्म मितिका हिसावले २०२५ असार १३ गते । उनको १४ वर्षकी हुँदा लाँकुरीमा आफ्नै जातिको केटासंग २०३९ सालमा विवाह भयो । बालककालमा सासुको चित्त बुझ्ने गरी काम गर्न नसकेपछि माइतीमै बस्न थालिन् । लामो समय माइतीमा बस्दै गरेकी ती चेली माथि नरबहादुर थापाले पाप चिताए, एक्लै बनमा घास काट्न गएको बेला आफूले अभिभावक सम्झेका बडाभैरब–५ का नरबहादुर थापाबाट बलात्कृत हुनुभयो, दुभाग्य त्यही एक [...]

जोत्नका लागि हाते ट्राक्टर आउदा सदस्यहरु खुशी

रमेश उपाध्याय , असार ५दुल्लू , दैलेख जिल्ला दुल्लू नगरपालीका ८ मा रहेको जागरण सामाजिक बहु उदेश्यीय सहकारी संस्थामा जोत्नका लागी हाते ट्राक्टर आउदा सहकारीका सम्पुर्ण सदस्य लगायत स्थानियहरु खुशी भएका छन् [...]
1 760 761 762 763 764 803