ब्रेकिङ खबर

वडापोखरा पूर्ण सरसफाईयुक्त नमुना क्षेत्र घोषणा

दुल्लु नगरपालिका वडा नं. २ को वडापोखरा पूर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा भएको छ । वडापोखरामा रहेका ९६ घरधुरि र दुई प्रावि स्कुलमा सुरक्षित पानी, सुरक्षित खाना, नियमित सौचालयको प्रयोग, सावुन पानी द्धारा हात धुने वानीको विकास, सफा घर आगन जस्ता सुचक पुरा भए पछि त्यस क्षेत्रलाई पुर्ण सरसफाइयूक्त नमुना क्षेत्र घोषणा गरिएको हो [...]

काम नसकिदै, भत्कियो मध्यपहाडको नाली

 गोविन्द केसी दैलेख – मध्यपहाड लोकमार्ग अन्र्तगत छामघाट पुलदेखी रावतकोटसम्मको सडकमा बनाईएको नाली र नालीमाथिको पर्खाल भत्किएको छ । डिजाईन स्टेमेन्ट नै गलत हुँदा बनाईएका नालीहरु भत्किएको ठेकेदारले दावी गरेका छन् । पानीको भार थाप्न नसकेर नाली क्षतविक्षत रुपमा भत्किदा नाली मााथि लगाईएको वाल समेत ठाँउठाँउमा भत्किएको हो [...]

अगुवा कार्यकता प्रशिक्षण

ज्वाला सन्देश सम्वाददाता दैलेख । जेठ २८ गते, नेकपा एमाले दैलेखले शुक्रवार सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रममा वोल्दै नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले समाज परिवर्तन भएको अवस्थामा मात्र राजनिती गरेको सार्थकता हुने वताए । समाजमा रहेका विकृति, विसंगति र विभेदको निराकरण हुन नसकेको अवस्थामा राजनिती गर्नुको अर्थ नहुने वताउदै एमाले नेता विष्टले सवै नेता कार्यकर्ताहरुले अव समाज [...]

तरकारी खेती बाटै मनग्य आम्दानी, पदम वहादुर साँवद गाउँकै नमुना कृर्षक ।।

हीम सिजापति दैलेख, दुल्लु नगरपालिका वडा नं. ३ सियाला निवासी पदम बहादुर साँवद हिजो आज आफ्नो तरकारी बारिमा निकै ब्यस्त देखिन्छन् । पहिला सामान्य तरकारी गरेर आफै खानका लागी मात्र तरकारी लगाउने साँवदले मष्टा नारायण ताजा तरकारी उत्पादन समुह गठन गरी व्यवसायीक रुपमै तरकारी खेती सुरु गरेका हुन् । उनले व्यवसायीक रुपमा तरकारी खेती गर्न सुरु गरेपछि अहिले उनी मनग्य आम्दानी गर्न सफल कृषकका रुपमा परिचित छन् । वाम्पी हेल्भेटास सहयोगमा सामाजिक सेवा केन्द्र [...]

कर्णाली जोड्ने वैकल्पिक सडक जोडिंदै

अमर सुनार दैलेख, जेठ २७ – सडक सम्पर्क जोडिसकेपछि दुर्घटनाको संख्या र भूबनौटको जोखिम भोग्दै आएको कर्णाली राजमार्गको वैकल्पिक मार्ग जोडिदैछ । दैलेख सदरमुकामबाट कालिकोटको सिमाना महाबु ग्रामीण पहुँच कार्यक्रम (¥याप)ले निर्माण पूरा गरेपछि कर्णाली राजमार्गसंग जोड्न कालिकोट जिविसले तयारी गरेको छ [...]

धम्कीले उजुरी नदिएको पीडितको गुनासो

गोविन्द केसी दैलेख, जेष्ठ २६ – यहाँका द्धन्द्धपीडितहरुले आफुहरु असुरक्षाकै कारण स्थानीय शान्ति समितिसम्म आएर उजुरी दिन नसकेको गुनासो गरेका छन् । आफुहरुलाई पीडकहरुले सांगेतिक रुपमा धम्की दिने गरेको पीडितहरुले गुनासो गरेका हुन् [...]

राष्ट्रिय सम्मानका साथ गुरूङकाे अन्त्यष्टि

काठमाडौं– वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङकाे पार्थीव शरीरलार्इ मंगलबार पशुपती अार्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ। मंगलबार बिहान २ बजेर ३९ मिनेट जाँदा काठमाडाैंकाे ग्राण्डी अस्पतालमा निधन भएका गुरूङकाे पार्थिव शरिरलार्इ त्यसअघी बिहान ११ बजेदेखि ३ बजेसम्म श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएकाे थियाे।उनकाे पार्थिव शरीरमा सरकारका तर्फबाट रक्षामन्त्री भीम रावलले राष्ट्रिय झण्डा अाेडाएका थिए। [...]

दुनियाले टिकट काटेर हेर्न लायक सुर्खेत बनाउछु ः प्रधानमन्त्री

अवको २ वर्ष भित्र दुनियाले हेर्न लायक सुर्खेत बनाउने प्रतिवद्धता प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनाएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गर्न सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीले समग्र छैटौं प्रदेशको केन्द्रविन्दु सुर्खेतको चौतर्फी विकास गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन् [...]

श्रमदानद्वारा बाटो निर्माण

दैलेख–दैलेख सदरमुकामस्थित गणेश चोक वरपरका छिमेकी विहानै चोकमा भेला हुन्छन्। उनीहरु भेला हुनुको उद्देश्य विवाह पूजा र राजनीतिक कार्यक्रममा भाग लिन [...]

पुल नहुँदा पढाई प्रभावित । सम्बन्धित निकायले चासो नदिँदा विद्यार्थीको भविष्य समेत डामाडोल ।

 ज्वाला सन्देश सम्वाददाता दैलेख, २१ जेठ –जिल्लाको विकट गाविस मानिने द्धारी–७ भित्रिखोलाका अभिभावकहरु वर्षात सुरु भएसंगै यतीवेला चिन्तित छन् । धमाधम विद्यालयमा पढाई भइरहँदा आफ्ना वालवालिकाहरु विद्यालय जान नपाउँदा उनिहरुको भविष्यप्रति चिन्तित हुन थालेका हुन् । वर्षातसंगै खहरेखोला उर्लिन थालेपछि पुल नहुँदा त्यहाँका अधिकांश विद्यार्थीहरु विद्यालय जानवाट वञ्चित हुन थालेका छन् [...]
1 762 763 764 765 766 804