ब्रेकिङ खबर

लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भीडीसेफ) कालिकोटद्वारा सञ्चालित ‘सामाजिक आर्थिक विकास कार्यक्रम’का कर्मचारी र संस्थाका पदाधिकारीहरुलाई लैङ्गिक समानता, सामाजिक सामाबेशीकरण तथा गरीबी न्यूनिकरण सम्बन्धी ३ दिने तालिम आइतवार दैलेखमा सम्पन्न भएको छ [...]

अपराध अनुसन्धान तालिम सम्पन्न

जिल्ला प्रहरी कार्यालय दैलेखले मुद्दा शाखा र इलाका तथा प्रहरी चौकीमा मुद्दा हेर्ने प्रहरी कर्मचारीको लागि सञ्चालन गरेको अपराध अनुसन्धान तथा नियन्त्रण सम्वन्धी १ हप्ते तालिम आज सम्पन्न भएको छ [...]

बालविवाह न्यूनीकरण कार्यक्रम १० गाविसमा

ज्वाला सन्देश सम्वाददाता दैलेख, माघ १७ – जिल्ला बाल कल्याण समिति दैलेखले जिल्लाका १० गाविसमा बालविवाह न्यूनीकरण सम्वन्धी कार्यक्रम गर्ने भएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले बढी बालविवाह हुने १० गाविस छनौट गरेको हो [...]

प्रहरीलाई बालअधिकार अभिमुखीकरण

ज्वालासन्देश सम्वाददाता दैलेख, १५ माघ – जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका इकाईका मुद्दा हेर्ने प्रहरी कर्मचारीलाई बालअधिकार सम्वन्धी १ दिने अभिमुखीकरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सेभ द चिल्डे«नसंगको साझेदारिता संचालनमा रहेको एकीकृत परियोजना अन्तरगत सो अभिमुखीकरण गरिएको हो [...]

परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

ज्वाला सन्देश सम्वाददाता सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । तथा परियोजना सल्लाहकार समिति अध्यक्ष स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो [...]

संविधानको रक्षा जरुरी ः उपमहासचिव भूसाल

ज्वाला सन्देश संम्वाददाता दैलेख, १४ माघ – नेकपा एमालको उपमहासचिव घनश्याम भूसालले नयाँ संविधानले जनतालाई प्रयाप्त अधिकार दिएको बताउनु भएको छ । दैलेख सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘संविधानको रक्षा गरे मात्र राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि संभव छ [...]

निर्माण पस्चातको मर्मत संभार तालिम

दैलेख, १४ माघ – भवानीको डाँडागाउँमा जीवनज्योती र डाँडागाउँ पानी पलास्टीक पोखरी निर्माण उपभोक्ता समितिका लागि निर्माण पस्चातको मर्मत संभार सीप सम्वन्धी १ दिने तालिम आज सम्पन्न भयो [...]

आइएमईले दियो छात्रवृत्ति

 दैलेख, ग्लोबल आइएमईले दैलेखका एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गोगनपानीस्थित दुर्गादेवी प्रावि कक्षा ४ मा अध्ययनरत भुवन केसीलाई आइएमईले ‘आकांक्षा छात्रवृत्ति’ दिएको हो [...]

सरकार विकल्प होइन,अपुर्ण सरकार पुर्ण बनाइन्छ ः शर्मा

भक्तबहादुर शाही दैलेख माघ १३ गते । एमाओवादीका नेता जर्नादन शर्माले अपुर्ण सरकारलाई पुर्ण बनाउन सबै भन्दा ठुलो दल नेपाली काँग्रेसलाई राष्ट्रिय सरकारमा ल्याउनुपर्ने बताउनुभयो । हामीले सरकार ढाल्ने होइन् वरु सरकार बाहिर रहेका दललाई साथमा लिएर राष्टिय सरकार बनाए देशले संकटबाट उन्मुक्ती हुने छ । बुधवार नेपाल क्रान्तिकारी पत्रकार सँघ दैलेखले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो [...]

सार्वजनिक अपराधको मुद्दा फैसला

अमर सुनार दैलेख, १२ माघ – नयाँ संविधानले अधिकार कटौती गरेपछि प्रशासनबाट दैलेख जिल्ला अदालत पुगेका २१ मध्ये ३ वटा सार्वजनिक अपराध सम्वन्धी मुद्दा फैसला भएका छन् । निमित्त श्रेस्तेदार बिनोद आचार्यका अनुसार आज मात्र बडाभैरब गाविस–४ का सर्वजीत बिकले सफाई पाउनुभएको छ [...]
1 779 780 781 782 783 803