मुख्य समाचार

मास्क नलगाउनेलाई जरिवाना नलिन र सडकमा नउभ्याउन सर्वोच्चकाे अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गरेको थियो । त्यो काम संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार [...]

प्रधानमन्‍त्रीको शपथ र सात मन्त्री नियुक्तिको रिटमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ र मंगलबार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । ‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिँदा सो सम्बन्धमा विचार गरी रहनु परेन’, आदेशमा भनिएको छ, ‘साथै [...]

दुर्गमका जटिल संक्रमितलाई हेलिकोप्टरबाट उद्दार गरिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्दार गर्ने भएको छ। भौगोलिक रुपमा विकट बस्तीका संक्रमितको उपचारका लागि हवाइ उद्दार गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। सरकारले यसका लागि निजी हवाइ सेवा प्रदायक कम्पनीका हेलिकोप्टर चार्टर गर्नेछ। प्रदेश सरकारको आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले दुर्गमका संक्रमितको हवाइ उद्दारका लागि आवश्यक बजेट पनि उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले संक्रमितको हवाइ उद्दार [...]

बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने

भेरी अस्पतालमा भारतबाट आइपुग्यो लिक्विड अक्सिजन नेपालगन्ज : बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालमा भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन मंगलबार आइपुगेपछि  अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ । त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्यांक अस्पताल परिसरमा ठड्याइएको छ। केही दिनदेखि नै अस्पताल परिसरमै ट्यांक ल्याएर राखिएको थियो । अस्पतालका अनुसार यो स्टोरेज ट्यांक हो । यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा [...]

दैलेखमा निषेधाज्ञा लम्बियो

दैलेख : नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा नआएपछि दैलेखमा थप एक साता निषेधाज्ञा थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार राती १२ बजेदेखि सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलोे चरणमा बैशाख २१ गतेदेखि बैशाख २८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणमा बैशाख २८ देखि जेठ ४ गतेसम्मका लागि म्याद थप गरेको थियो ।संक्रमणको दर बृद्धि [...]

कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको छ । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । डिसीए नेपालको आर्थिक सहयोगमा सोसेकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सोमवार आठबीस नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी राकमकर्णाली तथा पंचदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी कुची र स्वास्थ्य चौकी विनायकलाई स्वास्थ्य सामग्री [...]

कर्णाली राजमार्गमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

दैलेख : कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो। जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार बा २० च ७१५ नम्बरको जीपमा दुई जना मात्रै यात्रु सवार थिए। जीपमा सवार जुम्लाको गुठिचौर गाउँपालिका–४ का ३८ वर्षीय [...]

निगमले बढायो इन्धनको मूल्य

काठमाडौं : कोरोना महामारीकै बीच नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल, मट्टितेल र अन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।  निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य  प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आइतबार मूल्य वृद्धि गरिएको हो। सोमबारबाट काठमाडौं उपत्यकामा पेट्रोल १२३, डिजेल र मट्टीतेल १०६ रुपैयाँ मूल्य कायम गरिएको छ। निगमले आइतबार [...]

कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन,दुई मन्त्री नियुक्त

सुर्खेत : कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए। तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सुर्खेतका सिताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुखको [...]

समय नतोकिएको कैदी

सजना सुनार कुनै दिन त्यो थियो, जतिबेला बिहान भएको थाहा हुन्थेन। दिनभरिको काम र व्यस्त दिनचर्याले साँझ भएको पनि पत्तै हुँदैन थियो। दिन अलि लामो भएदिए हुन्थ्यो भन्ने दिनहरू उफ…! एकदिन कटाउन पनि हजारौं पटक हातको घडी हेर्नुपर्ने ! आइतबारदेखि शुक्रबारसम्मको काम सकिँदा त्यही बचेको शुक्रबारे आधा दिन र शनिबारको एकदिन कत्ति प्यारो हुन्थ्यो। त्यसैमा यो गर्छु, त्यो गर्छु भनी थाँती राखेका काम पूरा नभए पनि त्यो समय आफ्नो लागि हो जस्तो लाग्थ्यो। बिडम्बना, [...]
1 2 3 706