विचार/दृष्टिकोण

नैतिकताको प्रश्न उठाउने कति नैतिक

मतदाताको अवमूल्यन गरेर नैतिकवान् भएको ढोङ पिट्ने धृष्टता नगर्नु वेश हुन्छ विनोदकुमार शाह गत फागुन १० गते सर्वोच्च अदालतको फैसलाबाट विघटित प्रतिनिधि सभा पुनस्र्थापना भएपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ भनी प्रश्न उठाइयो । त्यो पनि केही ‘अनैतिकहरू’ कै जमातबाट । यो आफैँमा नैतिकताको उपहास हो । जो आफू राजनीतिक रूपले पतन भएका छन्, उनैले ताजा जनादेशमा जाने प्रधानमन्त्रीको समयसापेक्ष निर्णयको भण्डाफोर गरे । [...]

‘म गैरदलितलाई साथी बनाउदिनँ’

सुनिता परियार तपाईहरु सोच्नु हुन्छ होला, २१ औँ शताब्दीमा पनि किन यस्तो कुरा लेखेको होला भनेर? हाम्रो समाज परिवर्तन भइसकेको छ नि? पक्कै पनि मेरो लेखको शिर्षक हेरेर मलाई गाली गर्नु होला तर गाली गर्नुभन्दा अगाडि मेरो लेख जरुर पढ्नु होला।जीवन मेरो, अधिकार पनि मेरो, मलाई बिना डर, हिंसा र विभेद रहित बाच्ने अधिकार छ तर जुन दिन म दलित हुँ भनेर आभाष भयो, त्यो दिनदेखि मैले विभेद भोग्दै आएको छु।सँगै पढ्ने गैरदलित साथीले म दमिनीसँग विद्यालयको कार्यक्रममा नाच्दिनँ [...]

राष्ट्रिय दलित आयोगले गर्नुपर्ने काम

राष्ट्रिय दलित आयोगले संवैधानिक हैसियत प्राप्त भएको पाँच वर्षपश्चात् बल्ल पूर्णता पाएको छ । यद्यपि मधेसी दलित, मानव अधिकार र विकासका क्षेत्रमा काम गरेका विज्ञ व्यक्तिको प्रतिनिधित्व हुन सकेको छैन, तथापि दलित आन्दोलनबाटै स्थापित व्यक्ति पदाधिकारीमा नियुक्त भएको हुँदा आयोगसँग दलित समुदाय आशावादी हुनु स्वाभाविक हो । यही परिप्रेक्ष्यमा यो लेखमा आयोगको हिजो, आज र भोलिका विषयहरूलाई विवेचना गर्न खोजिएको छ । हिन्दु वर्ण व्यवस्थाको जातिवादमा आधारित [...]

किन बढ्दै छन् महिला दुर्व्यसनी

ओम बानियाँ- हातै आफ्ना छोराहरू मात्र होइन; छोरीहरू पनि लागूपदार्थको दुव्र्यसनमा त फसेका छैनन् ? यस विषयमा धेरैलाई पत्तो नहुन सक्छ तर केही समययता लागूपदार्थको दलदलमा फस्ने महिलाको संख्या भुसको आगो झैं भित्रभित्र सल्किँदै गएको छ। नेपालमा चुरोट, पानपराग, सुर्ती, खैनी, गुट्का, हुक्का तथा जाँडरक्सी मात्र होइन; गाँजा, चरेस ब्राउन सुगर, ह्वाइट सुगर, हेरोइन, मर्फिन, प्रोक्सिबोन, नाइट्रोसन, फेन्सिडिल आदि लागूपदार्थ सेवन गर्ने युवतीको संख्या अपत्यारिलो ढंगले [...]

भागरथीहरूको चीत्कार नसुन्‍ने देशमा

यो पितृसत्ता, यो अहंकारयो समाज…यो दमनकारी राज्य हो बलात्कारी ! दुई वर्षअघि चिलीको नारीवादी कलाकार समूह ‘लास टेसिस कलेक्टिभ’ ले सार्वजनिक गरेको गीत ‘बाटोमा बलात्कारी छ’ आजसम्म आइपुग्दा विश्वभरका महिलाको साझा प्रतिरोधको गीत बनेको छ । यतिबेला देशमा कामचलाउ प्रधानमन्त्री केपी ओलीले चालेको एकपछि अर्को प्रतिगामी कदमविरुद्ध नागरिक आन्दोलन उठेको छ । त्यसैको एउटा रूप दिनदिनै भइरहेका बलात्कार र हत्याका घटनामा राज्यको उदासीनता र दण्डहीनताविरुद्ध [...]

रेडियोकर्मीको दिन रेडियो दिवस

दीपक आचार्य देशभरका ८ हजार भन्दा बढी रेडियोकर्मीले फेबु्रअरी १३ तारिख अर्थात् फागुन १ लाई आफ्नो मुख्य चाडको रुपमा विश्व रेडियो दिवसको रुपमा मनाउँछन्। पछिल्लो समय रेडियोको प्रसिद्धि घट्दै गएको र रेडियोको बजार पनि कमजोर भएपछि रेडियोकर्मी चिन्तित हुन थालेका छन्।   हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज आज घट्दो छ। विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, [...]

बलात्कारका घटनाले त्रसित एक आमाको प्रधानमन्त्रीलाई पत्र !

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नमस्कार। म आराम छु। तर, मेरो मनमा चैन छैन। तपाईं त आरामै हुनुहुन्छ भन्ने देखिराखेकी छु। तपाईंका रसिला र हँसिला भाषण सुनेर तपाईंको सन्चो बिसन्चो थाहा पाउँछु। मेरो पीडा तपाईंको भाषणमा नसुनेपछि यो पत्र लेख्दै छु।   म दश वर्षकी चुलबुले छोरीकी आमा हुँ। मसँग छोरी छ भन्न पाउँदा मलाई निकै गर्व महशुस हुन्छ। छोरी जन्माएर आजसम्म मैले कुनै एक पल पनि पश्चाताप गर्नुपरेको छैन। जब आमा बन्दै गरेको सूचना पाएकी थिएँ [...]

भूस्वर्गदेखि स्वर्ग पुर्‍याउने कर्णाली राजमार्ग

गोकर्णप्रसाद उपाध्याय सन् असीको दशकतिर असीम पृथ्वीमा आउँदा कर्णाली राजमार्गको चर्चा भर्खर सुरू भएको हुँदो हो। चर्चा वर्षौं भयो, अनि मात्र निर्माण सुरू भयो। बाटो तयार भयो। कर्णालीबासीमा औधी खुसी वर्षियो।गाडी गुड्न थाले। सडकका बारेमा कर्णप्रिय गीतै बने। यी सबबारे जानकार उसलाई गाडी गुड्न थालेको चौध वर्षपछि सन् २०२१ मा एक्कासि यात्रा गर्ने अवसर जुर्‍यो त्यही राजमार्गको। ज्यानजस्तै सर्लक्क कपाल मिलाएको, दाहिने हातका औलाभरि चाँदीका औंठी भिर्ने [...]

ती शहीद, यी सहिद

शहीद शब्द सुन्नेबित्तिकै सम्मानले छाती फुल्छ; स्वाभिमानले शिर झुक्छ; वीरताको गाथा गाउन मन लाग्छ र तानाशाही शासकप्रति दाह्रा किट्दै बचेखुचेको प्रवृत्तिविरुद्ध धावा बोल्न मन लाग्छ। किनकि महान् सहिदहरूको सहादतको मूल्यमा मुलुकको अग्रगमनको यात्रा तय भएको हुन्छ। उनीहरूको बलिदानी, आहुति र रगतको जगमा राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रा तय गर्ने गरिन्छ। विडम्बना पछिल्लो दशक हामीले सहिद शब्दको ओज, मर्यादा, मूल्य, गरिमा, सम्मान, मर्म र आस्थालाई यति [...]

चोटिला उपहारहरू !

सजना सुनार ल्यापटपको ठूलो पर्दामा गुगलका केही तस्वीर हेर्दै थिएँ। फोटो तलमाथि सारिरहेका बेला मलाई छेउमा बसेकी मेरी १० वर्षीया बहिनीले रोक्दै ल्यापटपतिर औलाले अंकित गर्दै भनिन्, ‘दिदी हजुरलाई याद छ, हामी एकपटक यसैगरी धेरै मान्छेसँग नयाँ ठाउँमा गएर खाना खाएका थियौं नि है।’ बहिनीको यो कुराले मलाई अचम्म लाग्यो। त्यतिखेर उनी मात्र चार वर्षकी थिइन्। त्यो समय र समयले लगाएको छाप अझै उनको दिमागमा ताजै रहेछ। उनको त्यो मधुर बोलीले मलाई सबै याद दिलायो। [...]
1 2 3 4 36