शिक्षा/स्वास्थ्य

राष्ट्रपतिले गरिन् नर्सको प्रशंसा

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् । भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट मार्फत् शुभकामना दिँदै प्रशंसा गरेकी हुन् । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा [...]

कोरोनाले अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु

९ हजार ४ सय ८३ संक्रमित थपिए काठमाडौँ: नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय [...]

दैलेखको निषेधाज्ञा थप कडा, के के गर्न पाइन्न

जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो । दैलेख : दैलेखमा थप एक साता निषेधाज्ञा लागू हुने भएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार (आज) राती १२ बजेदेखि सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलोे चरणमा बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि बैशाख २८ गते राती १२ सम्मका एक साता निषेधाज्ञा जारी गरिएको थियो । मंगलवार राती १२ बजेदेखि नै लागु हुने गरी जेठ ४ गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि [...]

महामारीमा औषधि र अक्सिजन सहज आपूर्ति गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न मंगलबार आदेश जारी गरेको हो । ‘थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै [...]

दैलेखमा कोरोनाबाट वृद्धाको मृत्यु, मृतककाे संख्या १४ पुग्याे

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको मृत्यु भएको छ । मंगलबार बिहान ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । नारायण नगरपालिका–९ की ती महिलाको उपचारको क्रममा दैलेख अस्पतालमै मृत्यु भएको उनले बताए ।  स्वास्थ्यमा समस्या आएपछि दैलेख अस्पतालमा भर्ना भएकी ती महिलाको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना [...]

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

काठमाडाैं : पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  यस अघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।  पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।   सोमबार सम्म कोरोनाबाट [...]

बाल हेल्पलाइनद्धारा दैलेख र कालिकोटमा ‘हेल्प डेक्स’ सञ्चालन

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइनले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गर्दै हेल्प डेक्स सञ्चालनमा ल्याईएको हो । निशुल्क टेलिफोन सेवा बाल हेल्पलाइन १०९८ ले आपत्तकालिन सेवाको लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण बालबालिकामा पर्ने र पर्न सक्ने जोखिम व्यवस्थापनका लागि हेल्प डेक्स स्थापना गरी सञ्चालनमा ल्याईएको बाल हेल्पलाइन [...]

दैलेखमा कोरोनाबाट थप एकको मृत्यु, मृतककाे संख्या १३ पुग्याे

दैलेख : दैलेखमा कोरोनाबाट थप एकजना बिरामीको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको दैलेख अस्पतालका डा. सुशिला कटुवालले जानकारी दिइन् । डा. कटुवालका अनुसार दैलेख अस्पतालको आइसोलेनमा उपचाररत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । ‘आइसोलेसन अस्पतालमा भर्ना भएदेखि नै उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो,’ डा. कटुवालले भनिन्, ‘हामीले उपचारका विभिन्न उपाए अपनाउँदा पनि बचाउन सकेनौँ ।’  योसँगै [...]

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि [...]

दैलेखमा भयावह बन्दै कोरोनाः डेढ सातामा ६ जनाको मृत्यु

दैलेखः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ । आइतवार बिहान मात्रै कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भयो । नारायण नगरपालिका–८ का ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए । डा. थापाका अनुसार उनी केही दिनअघि मात्रै काठमाडौँबाट दैलेख आइपुगेका थिए । आइतवार विहान [...]
1 2 3 4 5 183