समाज

१३ बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

काफल खान गएको मौका छोपी बलात्कार । १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति । दैलेख : काफल खान गएको मौका छोपी १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको दुल्लु नगरपालिका–९ रोकायबाँडाका २८ बर्षीया तेजबहादुर रोकाय पक्राउ परेका हुन् ।गत बिहीवार बालिकालाई बलात्कार गरेको आरोपमा रोकायलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए । [...]

घर मात्रै जलेन मन पनि जल्यो !

दैलेख : आगलागीले घर जलेपछि सहयोग पाएको खाद्यान्न समेत जलेपछि गुराँस गाउँपालिका वडा नं ७ कि भुमिसरा थापाको मन पनि भतभति जलेको छ । अहिलेको आगलागीले डढेको जंगलसँगै थापाको घर पनि बाँकी राखेन् । अन्यत्र जंगलमा आगो लाग्दा उनको मनमै आगो लागेको छ । घरमा ६० नाघेका दिर्घरोगी श्रीमान छन् । रोगले थला परेका श्रीमान ओछ्यान कहिल्यै छोड्न सक्दैनन् । कलिलै उमेरमा विहे गरेकी छोरीको पनि घरवार राम्रो नभएपछि माइतमै बसेकी छन् । छोराको आशले बुढेशकालमा जन्माएको ११ वर्षिया [...]

कोरोना संक्रमणका कारण गर्भवतीको मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २७ बर्षीया रत्नाकुमारी सार्की गर्भवती महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए । शुक्रवार विहान साढे ११ बजे अस्पताल पु¥याईएकी ती महिलाको एक घण्टापछि मृत्यु भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले जानकारी दिए ।ती महिलाको बच्चा जन्मने मिति [...]

नेपालमा ११ लाख बालश्रमिक, कर्णालीमा सबैभन्दा धेरै

काठमाडौं : देशभर अझै ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँगको सहकार्यमा गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षभित्रका बालबालिकामध्ये १५.३ प्रतिशत जनसंख्या बाल श्रमिकका रुपमा रहेको देखाएको छ । यो उमेर समूहभित्र ७० लाख जनसंख्यामध्ये ११ लाख बाल श्रमिकका रुपमा पहिचान भएका छन् । तथ्याङ्कअनुसार सन् २००८मा नेपालमा बाल श्रमिक १६ लाख रहेकोमा त्यसयताको अवधिमा भने बालश्रम निवारणमा [...]

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले गत फागुन अन्तिम साता जबरजस्ती करणी मुद्धामा फरार एक अभियुक्तलाई पक्राउ ग¥यो । दैलेख जिल्ला अदालतले २०६७ जेठ ३० गते गरेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्धामा तीन बर्ष ११ महिना ३ दिन कैद सजाय तोकिएका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले चैत्र अन्तिम साता बहुविवाह मुद्धामा फरार एक अभियुक्त पक्राउ ग¥यो । दैलेख जिल्ला अदालतले २०७३ फागुन ३० गते गरेको फैसला अनुसार ती अभियुक्तलाई एक बर्ष [...]

बाल हेल्पलाइन १०९८ को भवन निर्माण पुरा गर्छौ : मन्त्री थापा

दैलेख : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले बाल हेल्पलाइन १०९८ को निर्माणाधिन भवन सम्पन्न गर्न आफु प्रतिबद्ध भएको बताएका छन् । मन्त्रीको कार्यभार सम्हालेसँग्र गृह जिल्ला दैलेख आएको बेला बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रको अनुगमन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रको अनुगमन गर्दै मन्त्री [...]

सचेत नभए अस्पतालमा बिरामी राख्‍ने ठाउँ हुँदैन : स्वास्थ्य मन्‍त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने चेतावनी दिएको छ।  बढ्दो संक्रमण रोकथाम सम्बन्धमा सार्वजनिक सूचना सार्वजनिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो चेतावनी दिएका हुन्।  ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन’, [...]

कर्णालीका आधा बालबालिका कुपोषित

सुर्खेत : कर्णाली प्रदेशका आधा बालबालिका कुपोषणबाट प्रभावित भएका छन्। यस्ता बालबालिकामा उमेरअनुसारको उचाइ नहुने अर्थात् पुड्कोपनाको समस्या देखिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार जुम्ला, हुम्ला, मुगु र कालिकोटमा पुड्कोपनाको समस्या बढी पाइएको छ।कुपोषणका कारण कर्णालीका ४८ प्रतिशत बालबालिकाको उमेरअनुसारको शारीरिक उचाइ छैन। देशभर ३६ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्का छन्।  नियमित स्तनपानको कमी, पोषणयुक्त खानाको [...]

‘नेपालमा कोरोना संक्रमण समुदायस्तरमा द्रुत गतिमा फैलिरहेको छ’

काठमाडौँ : जनस्वास्थ्यविदहरूले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै द्रुत गतिमा फैलिइरहेको बताएका छन् ।  मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै काठमाडौँ विश्वविद्यालय जनस्वास्थ्य विभागकी सह-प्राध्यापक डा. अर्चना श्रेष्ठले अघिल्लो हप्ताको दाँजोमा १६२ प्रतिशतले संक्रमणको संख्यामा वृद्धि भएको बताइन् । उनले आउँदो हप्तामा अझै तीव्र गतिमा कोरोना संक्रमण बढ्न सक्ने संकेत देखिएको बताउँदै पोजिटिभिटी रेट बढ्दै गइरहेको [...]

नेविसंघले स्थापना दिवसमा रक्तदान

दैलेख (राकमकर्णाली) : नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसका अबसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दिवसका अबसरमा आठबीस नगरपालिकाको राकमकर्णालीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल विद्यार्थी संघ आठबीस नगर कार्य समिति आठबीस नगरपालिका दैलेखको आयोजना तथा, आठबीस नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेत र नेपाल रेडक्रस सोसाइटी आठबीस उपशाखा राकमकर्णालीको समन्वयमा रक्तदान [...]
1 2 3 4 184