समाज

सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई सहयोग

दैलेख : दैलेख जिल्ला स्थित सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई सहयोग गरिएको छ । नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यामिक विद्यालय अन्तरगर्तको सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको हो । गुराँस गाउँपालिकाको समन्वयमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सहयोग उपलब्ध गराएको हो । मंगलवार सामाजिक सेवा केन्द्र (सोसेक) [...]

बालिका बलात्कार गर्नेलाई १९ वर्ष कैद

दैलेख: बलात्कार कसुर प्रमाणित भएका एक युवकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद सजाय फैसला गरेको छ । मानसिक रुपमा अपाङ्ग रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेका दुल्लु नगरपालिका–४ का २४ वर्षीया दीपक विकलाई अदालतले १९ वर्ष कैद सजाय फैसला गरेको हो । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले उक्त फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । बलात्कृत बालिका मानसिक रुपमा अपाङ्ग छिन् । बालिका मानसिक अपाङ्गता रहेको [...]

बालविवाह नगर्ने प्रतिबद्धता

दैलेख : जिल्लाको गुराँस गाउँपालिका वडा नं ८ को गर्चामा सम्पन्न बृहत्तर यौनिकता शिक्षासम्बन्धि तालिममा सहभागी बालबालिकाहरुले २० वर्ष उमेर नपुगि विवाह नगर्ने प्रतिबद्धता गरेका छन् । उक्त तालिम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारिमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत सञ्चालन गरिएको थियो । तालिममा वृहत्त यौन शिक्षा, माया प्रेम, लैङ्गिकताको आधारमा हुने हिंसा र हिंसा रोकथामका लागि अपनाईने प्रकृया लगायतका [...]

बाल अभियान्ताहरुलाई तालिम

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका बाल अभियान्ताहरुलाई तालिम दिईएको छ । बालअधिकारको बारेमा आधारभूत जानकारी, सामाजिक सवालको पैरवी र सञ्चार सीपको बारेमा ज्ञान प्रदान गर्ने उद्धेश्यले बाल अभियान्ताहरुलाई तिन दिने क्षमता विकास तालिम दिईएको हो । गुराँस गाउँपालिकाको समन्वयमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाद्धारा गुराँस गाउँपालिकाका बाल अभियान्ताहरुको लागि आयोजित तालिम [...]

कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या बढ्दाे

काठमाडौं : कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन् । कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले व्यापार-व्यवसाय चौपट बनेर धेरैको रोजगारी गुम्यो । त्यसको सोझो असर श्रम गरिखाने वर्गको दैनिकीमा पर्‍यो । दैनिक आयस्रोत बन्द हुँदा पारिवारिक कलह, यौन हिंसा, घरेलु हिंसाजस्ता अपराधको संख्या बढ्दै गएको ती [...]

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्री ओलीकाे दाबी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी गरे । ‘सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्‍यौं,’ ओलीले भने, ‘अरु [...]

कर्णालीमा हाम फाल्ने सुकीजस्तै हिंसाले पिल्सिएका उनीहरू

सुर्खेत : कर्णाली प्रदेशमा घरेलु हिंसा र आत्महत्याको अवस्था बढ्दो क्रममा देखिएको छ। प्रहरी र न्यायिक निकायहरूमा आउने उजुरीलाई हेर्ने हो भने यसको अवस्था बर्सेनि बढ्दो छ।घरेलु हिंसाकै कारण यहाँ कतिपयले आत्महत्याको बाटोसमेत रोज्ने गरेका छन्। गत महिना दैलेखको आठबिस नगरपालिकामा भएको एउटा घटना त्यो शिलशिलाको पछिल्लो कडी हो। फागुन २३ गते ‘घाँस ल्याउन बारीमा जान्छु’ भनेर घरबाट निस्किएकी आठबिस-३ निमायलकी सुकी बडुवाल पर्सिपल्ट छोराछोरीसहित कर्णाली [...]

उपचारको बहानामा यौन दुर्व्यवहार

राजविराज : उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक चिकित्सकलाई शुक्रबार नियन्त्रणमा लिएको छ। नन्दलाई उपचार गराउन पुगेकी २५ वर्षीया महिलासँग शुक्रबार यौनजन्य दुर्व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले डा. राजन जैसवाललाई नियन्त्रणमा लिएको एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। बालरोग चिकित्सक जैसवालमाथि उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले [...]

‘मेलमिलापले हाँसो र खुसी भरेर फर्काउँछ’

दैलेख : सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले मेलमिलापले दुबै पक्षलाई खुशी बनाउने गरेको बताएका छन् । मेलमिलाप परिषद्ले दैलेखमा आयोजना गरेको मेलमिलाप सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने ‘मेलमिलापले दुबै पक्ष हाँसो र खुशी भरेर फकिन्छन् ।’ प्रधानन्यायाधीश पछिको बरियतामा बरिष्ठतम् न्यायाधीशको हैसियतले मेलमिलाप परिषद्को अध्यक्ष रहेका कार्कीले भने ‘जीवनमा २०–२२ हजार मुद्दा फैसला गरे हौंला ती सबै मुद्दामा एक पक्ष जीत्यो, २०–२५ वटा [...]

बहुविवाहका फरार प्रतिवादी पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले बहुविवाहका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको गुुराँस गाउँपालिका–८ गर्चाका ४१ बर्षीया बालकृष्ण खड्का र ४० बर्षीया यमुना वली पक्राउ परेका हुन् । बालकृष्णले घरमा जेठी श्रीमती हुँदा हुँदै यमुनालाई गत कात्तिक २४ गते दोस्रो विवाह (बहुविवाह) गरेका थिए । बहुविवाह गरी फरार रहेका बालकृष्ण र यमुनालाई पक्राउ गरी दैलेख जिल्ला अदालतमा उपस्थित गराई थप कानुनी पक्राउ अगाडी बढाईएको जिल्ला प्रहरी [...]
1 2 3 4 5 184