सामाजिक सवाल

श्रीमानको गल्तीमा, सजाय भोग्दै श्रीमती

हिक्मत नेपाली दैलेखको आठवीस नगरपालिकाको राकमकर्णालीस्थित जाक्सी गाउँकी नानीदेवी शाही हिजोआज एचआईभीसँग लडिरहेकी छन् । उनलाई एचआईभी संक्रमण भएको १० वर्ष भयो । उनका श्रीमान् मजदुरीका लागि भारत जान्थे । भारतमा असुरक्षित यौन सम्पर्क गरेका कारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ । नानीदेवीले श्रीमान्को मृत्यु भएको पाँच वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन् । उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन् । श्रीमान्का कारण [...]

विहे गर्न हिडेकी ४ बालिका फिर्ता

अन्दाजी १३ देखि १५ वर्षका ४ जना बालिकालाई प्रहरी कार्यालय राकमकर्णालीले फिर्ता गरेको छ । अछामको पञ्चदेवल नगरपालिकास्थित विनायकका ती ४ बालिका विहे गरेर पाल्पा जादै गर्दा प्रहरीले रोकेर फिर्ता गरेको हो । पाल्पा घर बताउने अन्दाजी १८ देखि २० वर्षका ४ जना युवाहरु विगत केही समयदेखि विनायकमै खोटो संकलन कार्यमा संलग्न थिए । उक्त युवकहरुले ति बालिकाहरुलाई विहे गर्न फकाएर राकमकर्णाली बाट जादै गर्दा प्रहरीले पक्राउ गरेको थियो । अभिभावकले वाल हेल्पलाईन [...]

कर्णालीको पानी खान्छन् बालबालिका

दैलेख, आठविस नगरपालिका वडा नं ४ स्थित राकमकर्णालीको जनज्योती माध्यामिक विद्यालयका बालबालिका अहिले पनि कर्णालीको पानी खान बाध्य छन् । खानेपानी योजना विगतमा सञ्चालन गरिए पनि दिर्घकालिन हुन नसक्दा कर्णालीको पानी खान बाध्य भएका हुन । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । ४ सय ७८ छात्रा र ३७५ छात्र रहेको विद्यालयमा खानेपानीको समस्या टर्न सकेको छैन् । यस अघिपनि योजना निर्माण नभएका होइनन् । मुहानमा बाह्ै्र महिना पानी नहुने भएको हुदाँ [...]

६२ औं प्रहरी दिवश ः सोसेक सम्मानित

दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखले ‘६२ औं प्रहरी दिवस’ २०७४ को अवसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । जिल्लामा महिला हिंसा, बाल विवाह, बहुविवाह रोकथाम तथा न्यूनिकरणमा योगदान पु¥याए वापत सम्मान गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सरोज पौडेलले जिल्लामा महिला तथा बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सहयोग गर्ने सामाजिक संघसंस्थालाई सम्मान गरिएको बताए [...]

मानवअधिकारप्रति सचेत हुनु पर्छ ः पन्थी

दैलेख, असोज २७ – स्थानीय विकास अधिकारी डिलाराम पन्थीले मानवअधिकारप्रति सबै क्षेत्र सचेत हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना सल्लाहकार समितिको वैठकमा उहाँले सेवाप्रदायकहरु मानव अधिकार उलंघनकर्ता भएको बताउनुभयो । स्थानीय विकास अधिकारी पन्थीले सेवाप्रदान गर्नु पर्ने निकायले सेवा प्रवाहमा ढिला सुस्ती गर्नु, आलटाल गर्नु वा पक्षपात गर्नु मानवअधिकार उलंघन भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो ‘हामी [...]

घर फर्काइदै बालवालिका

एच.एस. थापा कामको खोजीमा सहरतिर लागेका वालवालिका अहिले धमाधम घर फर्कान थालिएको छ । कामको खोजीमा गर्दै विभिन्न ठाउँमा वेवारिस अवस्थामा रहेका र वालश्रमिककोरुपमा काम गरिरहेका वालवालिकालाई खोजी गरि घर फर्काउन थालिएको हो । ४ जना बालकलाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले घर फर्काएको छ । दैलेख सदरमुकाम नजिकै रामपुर डाडामा अल्पत्र अवस्थामा फेला परेका उक्त बालकलाई सोसेक दैलेखको महिला र बालबालिका केन्द्रमा ४ दिन [...]

अलपत्र बालकको उद्धार

दैलेख असोज २१ (ज्वाला सन्देश अनलाईन), नौमूले गाउँपालिका ७ सल्लेरी पैतीका ४ जना बालकको उद्धार गरि परिवारको जिम्मा लगाइएको छ । नौमूले गाउँपालिका ७ सल्लेरी पैतीका १४ बर्षिया टेक बहादुर वि.क., १३ बर्षिया अर्जुन वि.क., १४ बर्षिया दन्त बहादुर वि.क.र १० बर्षिया प्रकाश वि.क.लाई उद्धार पश्चात परिवारको जिम्मा लगाइएको हो । गत बुधवार नारायण नगरपालिकाको रामपुरमा अलपत्र अवस्थामा भेटिएका बालकहरुको प्रहरीको सहायतामा उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगतको [...]

बालविवाह रोक्न आग्रह

जिल्लामा बालविवाह रोक्न नागरिक समाज दैलेखले आग्रह गरेको छ । अहिले पनि जिल्लाको ग्रामिण क्षेत्रमा कानूनले तोकेको उमेर नपुग्दै विवाह हुने गरेका कारण सम्बन्धीत पक्षलाई बालविवाह रोक्न आग्रह गरिएको पे्रश विज्ञप्तिमा जनाइएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा सूचना, सञ्चार र शिक्षाको अभावले गर्दा विभिन्न लोभ, लालच र वहाना बनाएर उमेर नपुग्दै किश्वर किश्वरीले विहे गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपालमा करिब ३४ प्रतिशत [...]

दुर्गाको पूजा, छोरीलाई छाउपडी ?

रीता शाही, पूर्वीय सभ्यता र संस्कृतिको मूल भूमि नेपाललगायतका दक्षिण एसियाका अन्य देशमा नारीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ । पूर्वी सभ्यताको सबैभन्दा सबल पक्ष सृष्टिकर्ता नारीलाई देवीको रूपमा पूजा गर्नु हो, जुन अरू कुनै धर्म, सम्प्रदाय र सभ्यतामा पाइँदैन । महाकाली, महालक्ष्मी, महासरस्वती आदि नाममा नारीको पूजा गर्ने गरिन्छ । यो महिला सशक्तीकरण र जागरणको अनुपम उदाहरण हो । तर दुःखको कुरो, यति महान् संस्कारयुक्त समाजमा पनि महिला आफूलाई [...]

दोषीलाई कार्वाही गर्न माग

घरमा सुतिरहेको अवस्थामा जबरजस्ति ढोका खोल्न लगाई बोक्सीको आरोपमा कुटपिट गरिएकी राजकुमारी उपाध्यायलाई न्याय दिलाई दोषीलाई कार्वाही गर्न नागरिक समाज दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सयुक्तरुपमा सार्वजनिक अपिल गरेको छ । महिला अधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारीलाई आश्विन ७ गते राति बोक्सीको आरोपमा कुटिएको थियो । बोक्सीको आरोपमा महिला अधिकारकर्मी राजकुमारीलाई सशस्त्र प्रहरीमा कार्यरत भोगेन्द्र कार्कीले कुटेका थिए । [...]
1 142 143 144 145 146 157