महिनावारी सामाजिक बन्देज हो ः पौड्याल
निर्मल अधिकारी दैलेख, महिनावारी छाउपडीप्रथा नभएर सामाजिक बन्देज भएको राधा पौड्यालले बताईन् । उनले भनिन् महिनावारीलाई छाउपडीप्रथाकै रुपमा लिएका कारण अहिलेका समस्या उब्जिएका हुन । छाउपडीकै विषयमा विद्यावारीधि गर्न दैलेख आएकी पौड्यालले भनिन् महिनावारी शान्ति, विकास र मानव अधिकारसँग सरोकार राख्ने विषय भएकाले यसलाई मर्यादित बनाउन सबै सरोकारवालाको ध्यान जान आवश्यक छ । जसको सवाल उसकै नेतृत्व भनिन्छ तर छाउपडी महिलाको मात्रै सवाल नभएर पुरुषको पनि [...]