सामाजिक सवाल

विद्यालय निरीक्षक बिष्टले भनिन् – भित्तेपत्रिकामा शिक्षाकै कमजोरी लेख्नुस्

दैलेख, चैत १९ – जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शान्ति बिष्टले बालबालिकाले प्रकाशित गर्ने भित्ते पत्रिकामा शिक्षाकै समस्या र कमजोरी औल्याउन आग्रह गरेकी छिन् । डुङ्गेश्वर गाउँपालिका १ नं. वडा बेलपाटा र २ नं. वडा लाँकुरीको आर्थिक सहयोगमा बालअधिकार चेतना समूहको आयोजनामा दैलेख सदरमुकाममा सञ्चालित ३ दिने भित्तेपत्रिका प्रकाशन तालिमको आज समापन कार्यक्रममा यस्तो बताएकी हुन् । समाजमा भए गरेका सकारात्मक विकास गतिविधि सार्वजनिक गरिदिंदा [...]

सूचनाले सचेतना दिन्छ ः शर्मा

निमित्त जिल्ला शिक्षा अधिकारी भीमप्रसाद शर्माले सूचना र सञ्चारले समाजमा सचेतना फैलाउन सहज हुने बताएका छन् । डुङ्गेश्वर गाउँपालिका १ नं. वडा बेलपाटा र २ नं. वडा कार्यालय लाँकुरीको सहयोगमा बालअधिकार चेतना समूहको आयोजनामा दैलेख सदरमुकाममा भएको बालबालिकाका लागि भित्ते पत्रिका प्रकासन तालिमको उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेकाहुन् । त्यस बखत निमित जिल्ला शिक्षा अधिकारी शर्माले तालिममा सिकेको सीपबाट बालअधिकार चेतना समूहले प्रकाशन गर्ने [...]

न्याय प्रक्रियाकै क्रममा कुटपिट !

दैलेख, चैत १६ – महाबु गाउँपालिकावडा नं.३ बाँसीकी २७ वर्षीया रञ्जना मल्लले गत वर्ष सशस्त्र प्रहरीमा कार्यरत आफ्ना पति बिरुद्ध मानाचामल मुद्दा दिइन्, अदालतले मासिक ६ हजार तलव दिनू भनी फैसला ग¥यो तर त्यो तिर्न नपरोस् भनेर पति रेशमबहादुर शाहीले दुल्लू नगरपालिका–१३ वडा कार्यालयमा सम्वन्ध विच्छेद मुद्दा दिए । त्यही मुद्दाको प्रतिउत्तर दिन गएकी रञ्जना माथि कुटपिट भएको छ । रञ्जनालाई कुटपिट गरेको आरोपमा दुल्लू नगरपालिका वडा नं. १३ मालिका गाउँकी २९ वर्षीया [...]

बहुविवाहको मुद्दामा २ वर्ष कैद

दैलेख, चैत ११ – नारायण नपा–७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका–६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही २ वर्ष कैद र पन्ध्र–पन्ध्र हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई चैत ११ गते उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले जानकारी दिए । [...]

बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

दैलेख, चैत १० – दुल्लू नगरपालिका–११ सिस्ने टोल निवासी ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ जौवारीकी २४ वर्षीया बिना जैसीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही साढे २ वर्ष कैद र बीस–बीस हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई आज उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले [...]

सचेत हुदै विपन्न समुदाय ः आयआर्जनमा सहयोग हुनुपर्ने माग

दैलेख –एइआइइएन लक्जेम्बर्ग आर्थिक सहयोग तथा टिडिएच जर्मनी नेपाल कार्यक्रमको सहजीकरणमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सञ्चालन गरेको ‘महिला युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम’ को प्रभावकारीताको लागि साझेदार संस्था र कार्यान्वय संस्थाको एक टोलिले अनुगमन गरेको छ । अनुगमनका क्रममा परियोजनाले विगतमा सञ्चालन गरेका गतिविधिका कारण समुदायको क्षमता विकास भएको हुदाँ आगामी दिनमा आय आर्जन बढाउने लगाएतका क्रियाकलापमा दातृ निकायले सहयोग [...]

फोहर मुक्त हुदै ग्रामिण वस्ति

निर्मल अधिकारी दैलेख, केही समय अगाडी सम्म बाटोमा हिड्दा दिशा देखियो भने गाउँ आएको संकेत हुन्थ्यो । जो सुकैले पनि सहजै अनुमान गर्थे अब गाउ आउदैछ भनेर् । त्यो वस्तिको सभ्यता फोहर र सरसफाईले झल्काउथ्यो । चिटिक्क परेका घर र सफा बातावरण देखेमा बाहुन क्षेत्री र फोहर देखेमा विपन्न समुदायको वसोवास रहेको आँकलन गरिन्थ्यो । ? अहिले समाज विस्तारै परिवर्तन हुदैछ । चाहे विपन्न होस वा सम्पन्न् जो सुकै भए पनि उनीहरुका घर आगन सफा र चिटिक्क परेका हुन्छन् । घर नजिकै [...]

परीक्षार्थी छात्रालाई सेनेटरी प्याड !

अमर स्ुनार दैलेख, चैत २ – विहीवारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षाका महिला परीक्षार्थी अर्थात छात्राहरुका लागि महिला तथा बालबालिका कार्यालयले दैलेखका २५ वटै परीक्षा केन्द्र कम्तीमा १ हजार जनाका लागि सेनेटरी प्याड पठाएको छ । कुल ७ हजार ७० परीक्षार्थी मध्ये ३७ सय भन्दा बढी छात्राहरु भएकोमा त्यो संख्याको झण्डै एक चौथाईको संख्यालाई महिनावारी भएको हुनसक्छ भन्ने अनुमानमा सबै परीक्षा केन्द्रमा महिनावारीको बेला प्रयोग गर्ने सेनेटरी प्याड [...]

बालविवाह रोकथाम अन्तरक्रिया

दैलेख, चैत २ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार प्रवद्र्धनमा सरकारका निकायहरु जिम्मेवार हुनुपर्ने बताएकी छिन् । महिला तथा बालबालिका कार्यालय दैलेख र मानवअधिकार निगरानी समूह लाँकुरीको आयोजनामा डुङ्गेश्वर गाउँपालिका २ नं. वडा लाँकुरीमा आज आयोजित बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयक अन्तरक्रियामा उनले सो विचार व्यक्त गर्नुभएको हो । फोकल पर्सन [...]

गिटी कुटेर श्रीमानको उपचार

निर्मल अधिकारी दैलेख– नारायण नगरपालिका ४ स्थित पिपलडाडा नजिकै वसोवास गर्ने वर्ष ४० कि विष्णा कटुवालले गिटी कुटेर दिन बिताउने गरेकी छिन् । दैलेख नौमुले सडकको तामे खोला नजिकै सडकको छेउमा गिटीको थुप्रो देखिन्छ । त्यो उनैले कुटेकी हुन् । गर्मिको रापमा पसिना पुछ्दै दैनिक ८ देखि १० कट्टा कुट्ने गरेको कटुवालले बताईन् । उनका श्रीमान वर्ष ४५ का कर्ण बहादुर कटुवाल विगत १ वर्ष देखि पक्षघात रोग बाट थलिएका छन् । पक्षघात रोगकै कारण कटुवालको बायाँ तिरको कुनै पनि [...]
1 147 148 149 150 151 153