सामाजिक सवाल

हिंसा न्यूनिकरण र रोकथाम सम्बन्धि तालिम

दैलेख, बाल हिसा विरुद्ध बालबालिकाको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले बाल क्लवका प्रतिनिधिलाई एक दिने बाल हिंसा न्यूनिकरण र रोकथाम सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त तालिम सेभ द चिल्ड्रेनको साझेदारीमा सामजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहयात्रा परियोजनाले सञ्चालन गरेको थियो । ? संयुक्त राष्ट्रसंघिय बाल अधिकार सम्बन्धि महासन्धी १९८९,बाल अधिकारका आधारभूत सिद्धान्तहरु, बालबालिकाका अधिकारहरुको समुहगत वर्गिकरण, बालबालिका माथि हुने [...]

चापागाउवासीको प्रतिवद्धता ः बालविवाह हुन दिन्नौं

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका १ स्थित चापागाउ वासी बालविवाह रोकथाम गर्न लागि परेका छन् । विगतमा बालविवाहकै कारण सुत्केरी आमा र बालबालिकाको स्वास्थ्यमा कमजोर भएपछि उनीहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका हुन । ? ? ? चापागाउमा दलित समुदायको बाक्लो वस्ति छ । अशिक्षा र अज्ञानताकै कारण उनीहरु कलिलो उमेरमै विहे गरी बच्चा जन्माउछन् । जस्ले गर्दा आमा तथा बच्चाको स्वास्थ्यमा खरावी देखिन्छ । गत वर्ष यसै समुदायका तीनजना आमाले सुत्केरी हुन [...]

छुवाछुतमुक्त राष्ट्र घोषणा दिवस

दैलेख, जेठ २१ – आज छुवाछुतमुक्त राष्ट्र घोषणा दिवस हो तर यति महत्व दिवस कहीं कतै कार्यक्रम गरिएनन् । गत वर्षको बजेटमा छुवाछुक्त मुक्त राष्ट्र घोषणा दिवस जिल्ला प्रशासन कार्यालय मार्फत सरकारी तहबाट आयोजना गरिने भनिए पनि बजेट नआएको भन्दै देशभर कुनै पनि जिल्ला प्रशासन कार्यालयले मनाएनन् । प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र आइसक्दा पनि दिवस मनाउन सरकारी तहबाटै वेवास्ता गरिएकोप्रति अधिकारकर्मी इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले असन्तुष्टी [...]

दुव्र्यसनी रोकथाममा युवाको अग्रसता आवश्यक

दैलेख, जेठ १९ – डुङ्गेश्वर गाउँपालिका २ नम्वर वडा लाँकुरीका वडा सदस्य रुद्रबहादुर बिष्टले भविष्यका कर्णधार बालबालिका लागू औषध नियन्त्रणको अभियानमा जुट्नुपर्ने बताएका छन् । इन्सेकको इएलपी परियोजना अन्तरगत जनकल्याण मावि सेर्माकोटमा गठित युवा समूहद्वारा आज आयोजित लागू औषध रोकथाम अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । कार्यक्रममा मानवअधिकार निगरानी समूह लाँकुरीका सदस्य एवं २ नम्वर वडाका नवनिर्वाचित सदस्य कृष्णा नेपालीले युवाहरु [...]

शिक्षक र विद्यार्थी छुट्टै शौचालय हुनुहुन्न

दैलेख, जेठ १८ – जिल्ला शिक्षा कार्यालय दैलेखका विद्यालय निरीक्षक धीरेन्द्रप्रसाद शर्माले शिक्षकको शौचालय छुट्टै भएससम्म विद्यार्थी शौचालय सफा हुन नसक्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भैरव आधारभूत विद्यालय लाँकुरीमा आज भएको विद्यार्थी विद्यालय सवाल अन्तरक्रिया कार्यक्रममा छात्राहरुको शौचालय सरसफाई सुधार गर्न शिक्षिकाहरु समेत एकै शौचालय प्रयोग गर्नुपर्ने उनले सुझाव दिए । त्यसबखत विद्यालय निरीक्षक शर्माले विद्यालयमा [...]

खाडाचक्र ‘छाउप्रथा मुक्त नगर बनाइने’

कालीकोटको खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले सदरमुकाम मान्मसहित समेटेर बनेको नगरपालिकालाई ५ वर्षभित्र छाउपडी प्रथा मुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छाउप्रथाले महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको ठहर गर्दै सबै महिलालाई सम्मानपूर्वक बाँच्न र सामाजिक जीवनका सबै पक्षमा समान सहभागिता गराउन नगरलाई छाउपडी प्रथा मुक्त बनाएने बताए । ‘अबको ५ वर्षपछि कसैले पनि छाउप्रथा अगालेका हुने छैनन्,’ नगरप्रमुख पाण्डेले भने, ‘खाडाचक्र [...]

अबको स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी

निर्मल अधिकारी नेपालको नयाँ राजनैतिक संरचना अनुसार बालिक मताधिकारको प्रयोगबाट जनप्रतिनिधि छनौट गर्ने कार्य सकिएको छ । विगत १५ वर्ष देखि रिक्त स्थानीय निकायहरुमा जनताका प्रनितिनिधि छनौट गरिएका छन् । जनताहरु आफ्ना प्रतिनिधि छनौट गर्न यती सम्म आतुर देखिए जुन लामो दुरीको यात्रा तय गरी आफ्नो मतदान केन्द्रमा मतदान गर्न पुगे । यसले के देखाउछ भने जनप्रनिधिविहिन स्थानीय निकायबाट सेवाग्राहीले सेवा लिदा धेरै सास्ती भोगेका थिए । जसको उपज उनीहरु आफ्ना [...]

सिसि क्यामराले अपराध अनुसन्धानमा सहज

एच.एस.थापा दैलेख – नारायण नगरपालिका भित्र जडान गरियका सिसि क्यामराको प्रभावकारिता बढ्दै गएको छ । सिसि क्यामराको माध्यमबाट बजार भित्र हिड्दै गर्दा हरायको सुन फेला परे पछि यसको प्रभावकारीता बढेको हो । ? दैलेख सदरमुकामको पुरानो बजार बाट देवकोटा चोकतिर आउदै गर्दा रमा श्रेष्ठले एक तोलाको सुनको सिक्री हराईन् । हरायका तीन घण्टा पछि मात्रै थाहा पाएकी श्रेष्ठले त्यति महङ्गो मंगलसुत्र हराउदा एक छिन् त बेहोस जस्तै बनिन् । कुन ठाउ हरायो उनलाई कुनै थाहा नै थिए । [...]

निर्वाचनमा बालबालिका प्रयोगलाई निरुत्साहित गर्न पहल

दैलेख, निर्वाचनमा बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्न जिल्लास्थित सम्बन्धित निकायहरुले चासो देखाएका छन् । स्थानीय तहको निर्वाचनका लागि राजनैतिक दलका गतिविधि बढीरहेका बेला सभा, जुलुस र ¥यालीमा बालबालिकाको प्रयोग हुन सक्ने सम्भावना देखेर सम्बन्धित निकायले चासो देखाएका हुन । निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु आचार संहिता विपरित कार्य हो । राजनैतिक दलका कार्यक्रम वा जुलुसमा बालबालिकाको प्रयोग भएमा उम्मेद्वारी खारेज हुन सक्ने सम्मको [...]

महिनावारी सरसफाई तालिम

दैलेख, वैशाख २२ – महिला तथा बालबालिका कार्यालय दैलेखले चामुण्डामा हजार दिनका आमा तथा परिवारको पोषण ज्ञान र महिनावारीको समयमा महिलाको स्वास्थ्य सरसफाई सम्वन्धी अभिमुखीकरण शिक्षक, अभिभावक, विद्यार्थी, महिला स्वास्थ्य स्वयमसेविका लगायतलाई विभिन्न चरणका तालिम दिएको छ । जिल्ला समन्वय समिति मार्फत सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको जिल्लामै पहिलो सचेतना कार्यक्रमको रुपमा शिक्षक, अभिभावक, विद्यार्थी, महिला स्वास्थ्य स्वयमसेविका [...]
1 149 150 151 152 153 157